December 31st, 2017

बैंकिङ पहुँचमा कमजोर ‘भोजपुर’ : ७८ प्रतिशत स्थानीय तह बैंकविहीन

बैंकिङ खबर । बैंकिङ पहुँचमा भोजपुर जिल्ला कमजोर रहेको छ । दुई नगरपालिका र सात गाउँपालिका गरी कुल नौ स्थानीय तह रहेको भोजपूरका ७८ प्रतिशत स्थानीय तह बैंकविहीन छन् । नौ स्थानीय तहमध्ये, दुई वटामा मात्रै बैंकहरुले शाखा खोलेका छन् । 

एउटा नगरपालिकामा बैंक
दुई वटा मात्रै नगरपालिका रहेको जिल्लाको एउटा नगरपालिकामा मात्रै बैंक पुगेका छन् । जिल्लाको भोजपुर नगरपालिकामा बैंकको शाखा विस्तार भइसकेकमो छ भने षडानन्द नगरपालिकामा कुनै पनि बैंकको शखाा विस्तार भएको छैन ।  

छ गाउँपालिका बैंकविहीन
भोजपुरका अधिकांश गाउँपालिका पनि बैंकविहीन छन् । जिल्लाका सात गाउँपालिकामध्ये, छ वटा गाउँपालिकामा आलसम्म कुनै पनि बैंकले आफ्नो शाखा विस्तार गरेका छैनन् । ट्याम्केमैयुम गाउँपालिकामा बैंक रहेको छ भने अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, रामप्रसादराई गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकामा बैंक पुगेका छैनन् ।

कुनकुनमा पुग्दैछन् बैंक ?
जिल्लाका दुई स्थानीय तहमा छिटै बैंक पुग्दैछन् । सबै स्थानीय तहमा बैंक पुर्याउने योजनाबमोजिक षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा बैंक पुग्ने भएका हुन् । षडानन्द नगरपालिकामा सिद्धार्थ बैंकले शाखा खोल्दैछ भने साल्पासिलिछो गाउँपालिकामा नेपाल बंगलादेश बैंक पुग्ने भएको छ ।