May 8th, 2016

आयो लगानीको अवसर : अरुण काबेली पावरको साधारण शेयर जेठ ३ गते

arunथापाथली काठमाडौंमा रहेको अरुण काबेली पावर लिमिटेडले जेठ ३ गतेबाट १५ लाख साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र पाँचथर जिल्लाका नागी, थर्पु र अमरपुर गा.वि.स तथा ताप्लेजुङ्ग जिल्लाका साब्लाखु, सिनाम, थुम्बेदिन र नाक्सिबोटे गा.वि.स को लागि ६ लाख कित्ता निष्कासन गर्ने भएको छ । पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि भने ९ लाख कित्ता साधारण शेयर छटुयाएको छ । पछिल्लो चरणमा भने सर्वसाधारणको लागि कुल २० प्रतिशत (३० लाख कित्ता) शेयर निष्कासन गर्ने आयोजनाको लक्ष्य छ । छिटोमा जेठ १७ गतेदेखि ढिलोमा असार ५ गतेसम्म खुल्ने यो आयोजनाको शेयरमा न्यूनतम ५० कित्ता र अधिकत्तम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमासिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । शेयर खरीदका लागी कम्पनीको ट्रेड टावर स्थित कार्यालय,फिदिम स्थित सप्तकोशी डेभलपमेण्ट बैङ्क, रविराँके, ताप्लेजुङ्ग र फिदिम स्थित फरवार्ड कम्युनिटि माइक्रो फाइनान्स वित्तीय संस्थाको कार्यालयबाट आवेदन दिन सकिन्छ ।

काबेली नदीबाट २५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित स्थापना भइरहेको यस आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् बिक्री सम्झौता भइसकेको छ । सम्झौता अनुसार सुख्खायामको लागि ८ रूपैयाँ ४० पैसा र बर्षायामको लागि ४ रुपैयाँ ८० पैसा तोकिएको छ । विद्युत् उत्पादन भएपछिको ८ वर्षसम्म बार्षिक ३ प्रतिशतले विद्युत्को खरीद शुल्क वृद्धि हुँदै जाने गरि सम्झौता भएको हो । उत्पादित विद्युत् बिक्रीकालागि काबेली सबस्टेसनसँग आपूर्ती सम्झौता पनि भइसकेको छ । आयोजना निर्माणको २५ प्रतिशत काम सम्पन्न भइसकेको छ । २५ प्रतिशत काम सम्पन्न गर्दा आयोजनाको कुल प्रक्षेपित लागतको ५० प्रतिशत रकम खर्च भइसकेको इक्रा नेपालले उल्लेख गरेको छ । आयोजनाले शेयरवापत उठाएको रकम भविष्यमा हुन सक्ने अधिक खर्च वा अन्य आयोजना निर्माणको लागि प्रयोग गर्ने सम्भावना रहेको छ । आयोजनाको शेयरलाई ईक्रा नेपाल लिमिटेडले ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको देखाउँछ । कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा रेटिङ्ग प्रदान गरिएको हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]