May 8th, 2016

आइतबारको नेप्से : ९३ करोडको कारोबार, १४७२.६९ अंकमा परिसूचक

economicसाताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा लगानीकर्ताको राम्रो आकर्षण देखिएको छ । बजारमा १ सय ३२ वटा कम्पनिको ९३ करोड ७७ लाख ३३  हजार ४ सय ३ रुपैँया बराबरको १४ लाख ५२ हजार ६ सय ८९ कित्ता शेयर ४ हजार २ सय ३२ पटक खरिदविक्रि भएका छन् । परिसूचक ९.५६ अंकले बढेर १४७२.६९ अंकमा पुगी आइतबारको कारोबार बन्द भएको छ । कारोबार भएदेखि नै बजारमा सुधारको संकेत देखिएको थियो ।

नेपाल बंगलादेश बैँकमा लगानीकर्ताको आकर्षण सबैभन्दा धेरै भयो । बैँकको १४ करोड १९ लाख ८१ हजार ९ सय १७ रुपैँया बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, ९२ लाख ३७ हजार पाँच सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको एनआईसी एसिया बैँकको ११ करोड ९७ लाख ९५ हजार ७ सय ९१ रुपैँयाको शेयर कारोबार भएको छ । संस्थापक र साधारण शेयर गरेको नविल बैँकको कुल १० करोड माथिको कारोबार भएको छ बैँकको संस्थापक शेयर ७ करोडमाथिको खरिदविक्रि भएको छ भने साधारण शेयर ३ करोड ८७ लाखमाथिको खरिदविक्रि भएको छ । त्यस्तै, एभरेष्ट बैँकको ३ करोडमाथिको शेयर कारोबार हुँदा ग्लोबल आईएमई बैँक, सानिमा बैँक, हिमालयन बैँक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ । 

रिलायबल डेभलपमेन्ट बैँकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा हामा मर्चेन्ट एण्ड फाइनान्स, काक्रेविहार विकास बैँक र युनिक फाइनान्सका लगानीकर्ताले क्रमशः ९.८९, ९.७० र ९.६२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । लगानीकर्ताको आकर्षणमा रहेका नेपाल बंगलादेश बैँक र एनआईसी एसियाका लगानीकर्ताले क्रमशः ६.१२ र ५.५६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । आईसीएफसी फाइनान्स, प्रोफेसनल दियोलो विकास बैँक, टुरिजम डेभलपमेन्ट बैँक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लगायतले पनि कमाएका छन् । 

गुमाउने कम्पनिहरुको अग्रस्थानमा मिरमिरे माइक्रोफाइनान्स रहेको छ जसको शेयर मूल्य ५.४२ प्रतिशतले घटेको छ । साझा विकास बैँकका लगानीकर्ताले पनि ५.१७ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, युनिलिभर नेपाल, विराटलक्ष्मी विकास बैँक, सहयोगी विकास बैँक, कसमस डेभलपमेन्ट बैँक, त्रिवेणी विकास बैँक, तिनउ डेभलपमेन्ट बैँक, लुम्बिनी फाइनान्स, छिमेक लघुवित्त लगायतले पनि गुमाएका छन् । 

उत्पादनमूलक, होटल र जलविद्युत् समूहले ओरालेको आइतबारको शेयर बजारलाई विमा र वाणिज्य बैँक समूहले सम्हालेका छन् । विमा समूहको शेयर ५७.६९ अंकले बढ्दा वाणिज्य बैँक समूह १३.८ अंकले बढेको छ । त्यस्तै, फाइनान्स, विकास बैँक र अन्य समूह क्रमशः ५.२७, ४.८ र ४.७ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै ८१.९९ अंकले घट्दा होटल २१.१७ र जलविद्युत् ४.७४ अंकले ओर्लिएका छन् ।