December 29th, 2017

हजारौँ मानिस उर्लिए इटहरीको बैंकिङ एक्स्पोमा (फोटोफिचर)

बैंकिङ खबर । इटहरीमा शुक्रबारदेखि सुरु भएको बैंकिङ एक्स्पोमा हजारौँ मानिस सहभागी भएका छन् । बैंक तथा वित्तीय संस्थाका ३७ वटा सूचनामूलक स्टल राखिएको एक्स्पोमा पहिलो दिनमा नै दुई हजारले अवलोकन गरेका छन् । मिडिया इन्टरनेशनलको आयोजनामा संचालन भइरहेको वित्तीय जागरण स् राष्ट्रिय अभियान अन्तगर्तको यस एक्स्पोबाट बैंक, बीमा लगायत उद्यमशीलताका विषयमा जानकारी लिएर भरपूर फाइदा लिन वित्तीय जागरण स् राष्ट्रिय अभियानका संयोजक एवम् मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले आह्वान गरेकका छन् ।

एक्स्पोको पहिलो दिनमा उर्लिएको जनसागर, हेर्नुहास् फोटोफिचरमा