December 24th, 2017

पाँचथरको २५ प्रतिशत स्थानीय तहमा मात्रै बैंकिङ पहुँच

बैंकिङ खबर । प्रदेश नम्बर १ मा रहेको पाँचथर जिल्लामा आठ स्थानीय तह रहेका छन् । जसमध्ये, एउटा नगरपालिका रहेको छ भने सात वटा गाउँपालिका रहेका रहेको छ । यहाँको २५ प्रतिशत स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । 

पाँच गाउँपालिका बैंकविहीन
पाँचथरका छ गाउँपालिकामा हालसम्म कुनै पनि बैंकले शाखा संचालनमा ल्याएका छैनन् । जिल्लाका फालेलुङ गाउँपालिका, हिलिहाङ गाउँपालिका, कुम्मायक गाउँपालिका, तुम्बेवा गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र याङवरक गाउँपालिकामा बैंक पुगेका छैनन् । जिल्लाको एकमात्र फिदिम नगरपालिकामा बैंक पुगिसकेका छन् भने मिक्लाजुङ गाउँपालिकामा पनि बैंकिङ पहुँच पुगेको छ ।

तीन गाउँपालिकामा छिटै बैंक पुग्दै
हालसम्म बैंक नपुगेका आधा दर्जन स्थानीय तहमध्ये, तीन वटामा छिटै बैंक पुग्ने भएका छन् । जिल्लाको कुम्मायक गाउँपालिकामा मेगा बैंकले शाखा विस्तार गर्ने भएको छ भने फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकले शाखा खोल्ने जनाएको छ । त्यस्तै, याङवरक गाउँपालिकामा सिभिल बैंक पुग्ने भएको छ ।