December 19th, 2017

तीन वित्तीय संस्थालाई हकप्रद सेयर जारी गर्ने अनुमति

बैंकिङ खबर । तीन वटा वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त गरेका छन् । कर्णाली डेभलपमेन्ट बैंकले एक बराबर दुई दशमलव २५, सिद्धार्थ बैंकले १० बराबर एक र पोखरा फाइनान्सले एक बराबर शून्य दशमलव १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएका हुन् । 

कर्णालीले एक सय रुपैयाँ अंकित मूल्यमा ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल बैंकको चुक्तापुँजी १५ करोड १० लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४९ करोड सात लाख ५० हजार रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै, सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा ६८ करोड २६ लाख ११ हजार सात सय १९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार एक सय १७ दशमलव १९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल बैंकको चुक्तापुँजी छ अर्ब ८२ करोड ६१ लाख १७ हजार चार सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ५० करोड ८७ लाख २९ हजार एक सय रुपैयाँ पुग्नेछ । बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

पोखरा फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ८३ लाख ६८ हजार दुई सय ७४ रुपैयाँ बराबरको नौ लाख ८३ हजार छ सय ८२ दशमलव ७४ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल फाइनान्सको चुक्तापुँजी ६५ करोड ५७ लाख ८८ हजार छ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरिसकेपछि फाइनान्सको चुक्तापुँजी ७५ करोड ४१ लाख ५६ हजार आठ सय रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।