Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लक्ष्मी बैंकले ल्यायो नयाँ बचत खाता योजना, यस्ता छन् विशेषताहरु

२०७४ मंसिर २६ गते

लक्ष्मी बैंक लिमिटेडले नयाँ बचत खाता योजना संचालनमा ल्याएको छ । “लक्षित मुद्दती” (रिकरिङ्ग डिपोजिट) नामक यस योजना नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको बैंकले जनाएको छ ।  

सुविधाहरु
यो खातामा ग्राहकहरुले मासिक न्यूनतम पाँच सय रुपैयाँ वा सोभन्दा बढि जम्मा गर्न सक्नेछन् । । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । एक वर्षदेखि पाँच वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ । साथै लक्षित मुद्दती खाता खोल्ने सबै ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा समेत प्राप्त गर्न सक्नेछन् । सबै नयाँ तथा पुराना ग्राहकहरुले “लक्षित मुद्दती” को प्रारम्भीक योजना अन्र्तगत वार्षिक नौ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।