Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मिर्मिरे माइक्रोफाइनान्सको कार्यक्षेत्र थपियो, थप १० जिल्लामा सेवा दिने 

२०७४ मंसिर २६ गते

बैंकिङ खबर । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको कार्यक्षेत्र विस्तार भएको छ । यसअघि १५ जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्त सेवा प्रदान गर्दै आएको मिर्मिरेले अब थप १० जिल्लासहित २५ जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिने भएको हो ।

मिर्मिरे माइक्रोफाइनान्सले बिभिन्न १५ जिल्लामा ३३ वटा शाखा कार्यालयहरुबाट लघुवित्तको मर्म मुताविक स्वस्थ प्रतिस्पर्धाबाट विपन्न वर्गका ब्यक्तिहरुलाई आर्यआर्जन, स्वरोजगार र उद्यमशिलतामा समाहित गराई सहज र सरल तवरले लघुवित्तीय सेवा प्रदान गरिरहेको थियो । अब मिर्मिरे माइक्रोफाइनान्सले सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग, सिन्धुली, सुर्खेत, बारा, पर्सा, रुपन्देही, बाँके र कैलाली गरी १० जिल्लामा समेत शाखा कार्यालयहरु विस्तार गरी लघुवित्त सेवा प्रदान गर्नेछ । 

१५ जिल्लेबाट बढोत्तरी भई २५ जिल्ले बनेको सुखद अवसरमा बैंक व्यवस्थापनले नियमनकारी निकायहरु, विगतको अवस्थाबाट यस अवस्थासम्म पुर्याउनमा योगदान पुर्याउने संस्थाका संचालक, संस्थापक तथा पदाधिकारीहरु, संस्थामा आवद्ध सेवाग्राही सदस्य तथा शुभचिन्तकहरु एवम् कर्मचारी वर्गमा हार्दिक आभार व्यक्त गरेको छ ।