Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ लगानीकर्ताको प्रवेशसँगै समस्याग्रस्तबाट हटे दुई फाइनान्स कम्पनी

२०७४ मंसिर २४ गते

बैंकिङ खबर । ललितपुर फाइनान्स लिमिटेड र कुवेर मर्चेन्ट फाइनान्स लिमिटेड समस्याग्रस्तबाट मुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको संचालक समितकिो बैठकले यी दुई फाइनान्सलाई समस्याग्रस्त संस्थाको सूचिबाट फुकुवा गरेको हो ।

राष्ट्र बैंकले २०७१ साल पुसमा ललितपुर फाइनान्स र २०६९ सालमा कुवेर मर्चेन्टलाई समस्याग्रस्त घोषणा गरेको थियो । दुवै कम्पनीमा नयाँ लगानीकर्ता आएपछि समस्याग्रस्तबाट हटाएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले नयाँ बैंक तथा वित्तीय संस्थालाई संचालनको अनुमति दिन बन्द गरेपछि लगानीकर्ताले समस्याग्रस्त घोषणा भएको वित्तीय संस्थामा लगानी गरेर संचालनमा ल्याउन थालेका छन् ।