Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अनिल शाहले मेगा बैंक छाड्दा सबैजना भावुक …

२०७४ मंसिर २२ गते

बैंकिङ खबर / अनिल केशरी शाहले औपचारिक रुपमा मेघा बैंक छाडेका छन् । उनकै सक्रियतामा मेगा बैंक स्थापना भएको हो । कृषिदेखि विद्युत उत्पादाको लक्ष अर्थात हलोदेखि हाइड्रोसम्म भन्ने उद्येश्यसहित उनको सक्रियतामा मेगा बैंक स्थापीत भएको हो । अनिल शाहले मेगा बैंक छाड्दा सबैजना भावुक भएर विदायी गरे । लामो समयसम्म सँगै काम गरेका कारण र एउटा सरल, सहज नेतृत्वलाई विदायी गर्दा उनीहरु निकै भावुक भए । शुक्रबार उनले आफ्नो अन्तिम दिनको फोटो सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् र लेखेका छन्  Today is my last day at Mega Bank! A journey started some 8 years back comes to an end today… But the magnificent journey of Mega Bank continues! I am privileged to have been part of this truly Mega Team and am confident that the Bank will continue to grow and attain new heights of success, on the solid foundation we have built, in the years ahead! Fare well my fellow Mega Bankers in all you do as you continue to surge ahead to build a truly Mega Bank… Farewell!!!


आगामी पुस १७ गतेदेखि उनले सेञ्चुरी बैंकको कार्यभार सम्हाल्ने छन् । सेन्चुरीमा हाल कामु प्रमुख कार्यकारीका रुपमा जीवन भट्टराईले व्यवस्थापनको नेतृत्व गरिरहेका छन् । मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका शाहले त्यहाँ दुई कार्यकाल पुरा गरेपछि सेञ्चुरी जान लागेका हुन् । मेगा बैंकमा छँदा आफूले धेरै काम गरेको र केहि काम बीचमै छाडेर जानुपर्ने बाध्यता आइपरेको बैंकर शाहले बताए । ‘हलोदेखि हाइड्रोसम्म भन्ने नारासहित सबै नेपालीको बैंक बन्ने लक्ष्य लिएर मेगा बैंकको स्थापना भएको थियो’ बैंकिङ खबरसँग बैंकर शाहले भने ‘आजका दिनसम्म आइपुग्दा त्यो लक्ष्य पुरा भएको जस्तो मलाई लाग्छ । साना–साना उद्योग धन्दादेखि लिएर ठुला ठुला उद्योगसम्ममा हामीले लगानी गरेका छौँ ।’ शाखा, एटिमएम, ब्रान्चलेन्स बैंकिङ र रेमिट्यान्सको नेटवर्क हेर्दा नेपालको अधिकांश स्थानमा मेगा बैंकको पहुँच पुगिसकेको बताउँदै शाहले टुरिमज डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया लगायतका काम बिचमै छाडेर जानु परेको बताए । 

बैंकिङ क्षेत्रमा अनिल शाह
बैंकिङ क्षेत्रका बादशाह मानिने उनी डाइनामिक व्यक्तित्वका कारण सँधै चर्चामा छन् । देशमै केही गर्ने उद्येश्यले उनी अमेरीकाबाट नेपाल फर्किएका व्यक्ति हुन् । शाह बैंकिङ चेतना अभिवृद्धिमा पनि लागीपरेका छन् । मेगा बैंकमा हलोदेखि हाइड्रोसम्म भन्ने नारा ल्याएर उनले चर्चा बटुलेका थिए । उनकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत हुन् । उनका पिताको नाम डा. नारायण केशरी शाह हो । हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले दिल्ली युनिभर्सिटीबाट एमबिए गरेका छन् । उनले मार्के्िटङ विषयमा पनि स्नातकोत्तर गरेका छन् । 

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष समेत रहेका अनिल केशरी शाहको बैंकिङ करिअर काठमाडौँस्थित कान्तिपथमा रहेको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टबाट सुरु भएको थियो । त्यहाँ उनले वित्तीय विश्लेषक भएर काम गरे । व्यवसायिक रुपमा बैंकिङ भने तत्कालिन नेपाल ग्रिण्लेज अर्थात अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंक नेपालबाट सुरु गरेका हुन् । त्यहाँ १३ वर्ष काम गरेका उनी नबिल बैंकमा महाप्रवन्धकका रुपमा छिरे । पछि प्रमुख कार्यकारी अधिकृत भएर बाहिरिए । नबिल बैंकमा उनले छ वर्ष बिताए । 

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा नेपाल बैंकर्स संघको वरिष्ठ उपाध्यक्ष भइसकेका थिए । पछि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि उनी सदस्य भएर फेरि बैंकर्स संघको वरिष्ठ उपाध्यक्ष हुँदै  अध्यक्ष पदमा चुनिएका थिए । उनको मेगामा कार्यकाल सकिएका कारण बैंकर्स संघको अध्यक्ष पद निस्कृय छ ।