Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय स्तरका तीन विकास बैंकमा रोजगारीको अवसर

२०७४ मंसिर १८ गते

बैंकिङ खबर । राष्ट्रिय स्तरका तीन वटा विकास बैंकहरुले कर्मचारी माग गरेका छन् । गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र मुक्तिनाथ विकास बैंकले कर्मचारी माग गरेका हुन् । 

मुक्तिनाथले आफ्नो काठमाडौँस्थित केन्द्रीय कार्यालयका लागि एक जना चिफ फाइनान्सियल अफिसर तथा काठमाडौँ, पोखरा, विरगंज, बुटवल र नारायणघाटका लागि केही संख्यामा इन्टर्नल अडिट अफिसर माग गरेको छ । उक्त पदका लागि ६ डिसेम्बरभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeHTNFNju6uXZuMtdHrICX93LlHSCE6-VFlbq0U6-c-iGS6Kw/viewform

त्यस्तै, कामना सेवाले केही संख्यामा शाखा प्रबन्धक र एसिस्टेन्ट तथा सिनियर एसिस्टेन्ट पदमा कर्मचारी मागेको छ । मंसिर २२ गते अर्थात ८ डिसेम्बर भित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

गरिमाले झापा, मोरङ र सुनसरीमा खोल्न लागिएका शाखाहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले अधिकृत र सहायक स्तरका कर्मचारी मागेको छ । अधिकृतका लागि स्नातक वा सोसरहको शैक्षिक योग्यताको साथमा दुई वर्षको अनुभव मागिएको छ भने सहायकका लागि प्लस दुई वा सोसरहको शैक्षिक योग्यताका साथमा दुई वर्षको अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई मंसिर २८ गतेभित्रमा दरखास्त दिइसक्न आह्वान गरिएको छ ।

 

आवेदन फारम डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.garimabank.com.np/assets/upload/career/Application_Form1.pdf