बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडले पनि चुक्तापुँजी पुर्याएको छ । बैंकको १८औं बार्षिक साधारणसभाले नौ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेसँगै बैंकको चुक्तापुँजी आठ अर्ब पँच करोड रुपैयाँ पुगेको हो । साधारणसभाको स्वीकृति बमोजिम माछापूछ्रे बैंकले नौ प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
त्यस्तै, साधारणसभाले आगामी तीन वर्षको लागि जेपी राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ । बैंकले नयाँ बजार पोखरामा एटिएम काउण्टर खोलेको छ ।
बैंकले आर्थिक वर्ष २०७४।७५ को पहिलो तीन महिनामा २८ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अवधिमा ६० अर्व ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५४ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
माछापुछ्रे बैंकले देशैभरि छरिएर रहेका आफ्ना ६२ वटा शाखा, ८४ वटा एटिएम, चार वटा एक्सटेन्सन काउन्टर र सात वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा दिइरहेको छ ।


