May 6th, 2016

साताभर चर्चामा रहेका बैँकिङ गतिविधिहरु

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । जसमध्ये, एनसेललाई कर उन्मुक्ति दिने सम्बन्धमा लेखा समितीमा भएको चर्काचर्कीले साताभरी नै बढी चर्चा बटुल्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ ः

लेखा समितीमा एनसेल कर प्रकरण
दूरसञ्चार सेवा प्रदायक एनसेललाई कर उन्मुक्ति दिने विषयमा लेखा समितीमा ठूलै बहस भयो । एनसेलले कर नतिरेको विषयमा लामो समयदेखि चर्चा चल्दै आएकोमा आजसम्म लेखा समिती मौन थियो । एनसेललाई कर नतिराउन चलखेल भइरहेको भन्ने टिप्पणीहरु बढ्दै जान थालेपछि अन्ततः लेखा समितीले पनि यसतर्फ छलफल अघि बढाएको छ ।  

नयाँ सेवाको थालनी
सिभिल बैंक लिमिटेडले मुद्दति निक्षेपमा दिने व्याजदर औसतदरभन्दा बढाएर ७३ दिने मुद्दतिमा ६.२० प्रतिशत व्याजदर तोक्यो । शिखर इन्स्योरेन्सले २०७३ बैशाख २३ गते जुम्लाबाट एक औपचारीक कार्यक्रममार्फत मौसममा आधारीत स्याउ खेती बिमाको थालनी गर्यो । रेमिट्यान्स कारोबारलाई सहज बनाउन ग्लोबल आइएमई बैंकले साउदी अरेवियाको नेशनल कमर्सियल बैंकको क्विक पेय सेवासंग मिलेर नेपालमा रेमिट्यान्य पठाउन सुरु गर्यो । यसै साताको बुधबारदेखि एभरेष्ट बैंक लिमिटेडले अमेरिकाको जुम कर्पोरेसनसँगको साझेदारीमा रेमिटेन्स सेवा सुरु गर्यो ।  

बैँकलाई सम्मान
गत मंगलबार नबिल बैंकलाई दक्षिण एशियाली लेखापरीक्षकहरुको संस्था साफाले सार्कस्तरीय ‘साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन तथा संस्थागत सुशासन पारदर्शिता’ अन्र्तगत ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित गर्यो । त्यस्तै, राष्ट्रिय सूचना प्रविधि दिवसको अवसर पारेर राष्ट्रिय वाणिज्य बैंकलाई ’वेस्ट आइसिटी युजर इन पब्लिक सेक्टर अवार्ड २०१६’ बाट सम्मानित गरियो । 

सामाजिक उत्तरदायित्व
विहिबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले आर्थिक र सामाजिक रुपमा पिछडिएका मोरङ्ग जिल्लाको डायनिया गा.वि.स.को मुसहर (ऋषिदेव) र गुणी (माझी÷सहनी) वस्तीमा १ सय १० वटा ट्यूववेल (सतह खानेपानीका लागि ह्याण्ड पम्प) जडान गर्यो ।

नयाँ सञ्चालक समिती
फेवा विकास बैँकको यसै साता बसेको संचालक समितिको वैठकले विन्दु कुमार थापालाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्यो ।

युनियन एकीकरण
विहिबार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र स्वतन्त्र कर्मचारी युनियन कृषि विकास बैँकबीच एकीकरण भयो ।