Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बुधबार पनि बैंकिङ प्रणालीमा तरलता पठाउँदै राष्ट्र बैंक

२०७४ मंसिर १३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बजारमा १० अर्ब रुपैयाँ तरलता पठाउन लागेको छ । मंगलबार १० अर्बको रिपो जारी गर्दा ११ अर्बको माग आएपछि बुधबार पुनः १० अर्बको रिपो जारी गरेर बैंकहरुमा तरलता पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ । 

मंगलबार राष्ट्र बैंकले १४ दिने अवधिको रिपो ५ प्रतिशत व्याजदरमा जारी गरेको थियो । बुधबार पनि सोही व्याजदरमा १४ दिने अवधिकै रिपो जारी गर्न लागिएको हो । 

बैंकहरुमा तरलताको माग भएपनि राष्ट्र बैंकले पनि बैंकिङ प्रणालीमा १५।१६ अर्ब तरलता रहेको बताएको छ ।