Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चौधरी ग्रुपले राज्यलाई बुझायो झन्डै आठ अर्ब राजश्व

२०७४ मंसिर ४ गते

बैंकिङ खबर । व्यवसायिक घराना चौधरी ग्रुपले गत आर्थिक वर्षमा राज्यलाई सात अर्ब ८८ करोड रुपैयाँ राजस्व तिरेको बताएको छ । एक विज्ञप्ति जारी गर्दै चौधरी ग्रुपले आर्थिक वर्ष २०७२/७३ को तुलनामा ४० प्रतिशत बढी राजस्व तिरेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७२/७३ मा चौधरी ग्रुपले पाँच अर्ब ५९ करोड रुपैयाँ राजस्व तिरेको थियो । कुल राजस्वमा आर्थिक वर्ष २०७२/७३ मा १.४८ प्रतिशत र गत आर्थिक वर्षमा १.५९ प्रतिशत योगदान गरेकोे ग्रुप आन्तरिक राजस्व विभागले गर्ने सम्मानमा भने समेटिएको छैन ।