November 20th, 2017

आर्थिक अवस्थाप्रति राष्ट्र बैंक आशावादी, चार कारणहरुसहित

बैंकिङ खबर । नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाप्रति नेपाल राष्ट्र बैंक आशावादी देखिएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गर्दै राष्ट्र बैंकले अहिलेसम्म उपलब्ध समष्टिगत आर्थिक तथ्याङ्कले आर्थिक वृद्धिको आशावादी परिदृष्य देखाएको बताएको छ । साथमा, यस अवस्थाको पछाडीका चार आधारहरु पनि सार्वजनिक गरेको छ । 

१. साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने देखिन्छ । 
२.उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने देखिन्छ । 
३. होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार हुने देखिन्छ । 
४. सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको प्रतिविम्वित हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]