Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अब खाता खोल्न बैंक जान नपर्ने, एनआईसी एशिया बैंकले संचालनमा ल्यायो अनलाइन बचत खाता 

२०७४ कार्तिक २८ गते

एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम “एनआईसी एशिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ । देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले उक्त बचत खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ । 

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न सक्ने तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने सुविधा रहेको छ ।

यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने कुरामा बैंक विश्वस्त रहेको छ । बैंकले हाल देशभर रहेकाआफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी एइक् मेशिनमार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब ६ लाख ३० हजार ग्राहकहरुमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको यस बैंकले यस अनलाइन बचत खातामार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुलाई थप सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।