Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच मर्जर सम्झौता 

२०७४ कार्तिक २४ गते

एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड बीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा एनआईबिएल क्यापिटल मार्केट्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटलको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरे ।

एस क्यापिटलको मूख्य कम्पनी एस डेभलपमेण्ट बैंक लिमिटेडलाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले प्राप्ती गरी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडमा समाहित भएको हुनाले एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटल दुवै संस्थाहरु हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शतप्रतिशत लगानी रहेको सहायक कम्पनीहरु हुन गएको र नेपाल धितोपत्र बोर्डको नीति निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु÷गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमा गाभ्ने÷गाभिने सम्झौता गरिएको हो । दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्तापूँजी रु.२७ करोड पुग्नेछ ।