देवः विकास बैंक लिमिटेडले साझा विकास बैंक र युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । विहिबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले उक्त एकीकृत कारोबारको उद्घाटन गरे ।
एक्विजिसनपछिको बैंकको नाम देवः विकास बैंक नै राखिएको छ भने चुक्तापुँजी दुई अर्ब २८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको निर्देशनअनुरुप दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर पुर्याउने जनाएको छ ।


