Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ शिक्षा चाहियो ? नछुटाउनुहोस् बैंकिङ ट्रेनिङको अवसर

२०७४ कार्तिक २३ गते

बैंकिङ खबर । झापाकी बिनिता ओलि अहिले के एण्ड के कलेजमा मेनेजमेन्ट पढ्दैछिन् । पछि बैंकर बनी भविष्य सुरक्षित गर्ने लक्ष्यसहित उनले मेनेजमेन्ट विषय छानेकी हुन् । पढ्नमा अब्बल दर्जाका उनको सानैदेखि मेनेजमेन्ट विषय लिएर बैंकर बन्ने रहर थियो । त्यहि रहर अहिले उनको जीवनको उद्देश्य बनेको छ । 

बिनिताजस्तै धेरै युवा अहिले बैंकको जागिरे हुने प्रयासमा छन् । हेर्दा चिटिक्क टाईसुटमा सजिएको दैनिकी अनि आकर्षक सेवासुविधा र सुरक्षित भविष्य । यही देखेर अहिलेका युवा पिँढी बैंकमा करिअर बनाउन विज्ञान विषयलाई पछि धकेलेर मेनेजमेन्ट पढ्न आकर्षित भएका हुन् । बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्न्वित्तीकै आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण अझ बढ्दो छ । अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद भए पनि जीवनयापन गर्न थप संघर्ष गर्नु नपर्ने बैंकका जागिरेहरूको अनुभव छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको आकर्षण अझ बढ्दो छ । यो क्षेत्र मर्या्दित हुनुका साथै काम गर्ने निश्चित समय अवधि, कामअनुसारको आकर्षक तलबभत्ता अनि वार्षिक बोनसको सुविधा भएकाले पनि यसमा आकर्षण बढेको हो । बैंकको जागिर सानै पद भए पनि दुईचार लाख जोगाउन सकिने क्षेत्र हो । बाहिरी आकर्षण त छ नै, त्यसमा पनि जिम्मेवार, लगनशील तथा पेसागत क्षेत्र हो बैंकिङ । बैंकिङ क्षेत्रमा लाग्नेको परिवारको समेत भविष्य सुरक्षित हुने भएकाले यसको आकर्षण अझ बढेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहको धारणा छ । ’एउटा सानो पदबाट बैंकिङ क्षेत्रमा प्रवेश गरियो भने पनि ऊ अवकाश पाउने समयसम्म बैंकको दोस्रो तथा तेस्रो पोजिसनमा पुग्छ’, उनी भन्छन्, ’एक त मर्या््िदत पेसा, त्यसमा पनि उसले पाउने सेवासुविधा ।’ परिवारको भविष्यसमेत सुरक्षित हुन्छ यो पेसामा’, शाहले भने ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू विस्तार भइरहेका छन् । गाउँगाउँसम्म यसका सेवा पुग्दैछन् । यसको विस्तारसँगै यसमा करिअर बनाउनेको संख्या पनि बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा २५ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । यो तथ्यांक वाणिज्य बैंकको मात्र हो । विकास बैंक, फाइनान्स कम्पनी तथा लद्युवित्तको तथ्यांक भने नेपाल राष्ट्र बैंकसँग पनि छैन । 

छैन बैंकिङ नलेज
बैंकमा जागीर खान भनेर गएका धेरै जसो मान्छेहरु रित्तो हात फर्किने गरेका छन् । बैंकहरुले सयौँको संख्यामा कर्मचारी माग गरिरहेपनि आफूहरुलाई नराखेको भन्दै रिजेक्ट भएकाहरुले बैंकको आलोचना समेत गर्ने गरेका छन् । बैंकहरुले आफन्तहरुलाई राखेर आफूलाई नराखेको उनीहरुको आरोप छ । यता, बैंकहरु भने यो आरोप झुटो भएको दाबी गर्दै आएका छन् । बैंकमा जागीर गर्न आवश्यक ज्ञान तथा योग्यता नभएकै कारण आफूहरुले रिजेक्ट गर्ने गरेको बैंकहरु बताउँछन् ।

बैंक भनेको सर्वसाधारणको पैसाको हिफाजत गर्ने जिम्मेवारी सम्हालेको संस्था हो । त्यसैले, यहाँ सँधै उत्कृष्ट कर्मचारीहरुको खोजी गरिन्छ । पछिल्लो समय नेपालमा मेनेजमेन्ट पढेका विद्यार्थीहरुको खाँचो छैन । एउटा बैंकमा रोजगारी खुल्यो भन्ने सुन्नेवित्तीकै मेनेजमेन्टका विद्यार्थीहरुको लाइन लाग्छ । तीमध्येबाट बैंकले सबैभन्दा उत्कृष्टलाई छान्छ । शैक्षिक योग्यता मात्र नभएर व्यवहारिक ज्ञान तथा वित्तीय चेतनासमेतलाई आधार मानेर बैंकहरुले उत्कृष्ट कर्मचारी छान्ने गर्दछ । व्यवस्थापन संकायमा ब्याचलर वा मास्टर्स गरेको छु भन्नेवित्तीकै बैंकमा त जागीर पाइहाल्छु नि भन्ने मानसिकताले थुप्रै युवालाई पछि पारेको छ । कतिपय व्यवस्थापन संकायकै विद्यार्थीलाई पनि बैंकबारे स्पष्ट जानकारी छैन । जागीरको लागि अन्तर्वार्ता लिन जाँदा बैंकको बारेमा कतिको जानकारी छ भनेर जाँच गरिन्छ । बैंक के हो ? नेपालमा बैंकलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ? लघुवित्त संस्था के हो ? यसको काम के हो ? लगायत बैंकमा प्रयोग गरिने सफ्टवेर, प्रविधिहरु, कर्जा, निक्षेप लगायतका विषयमा पनि जवाफ दिन नसक्ने विद्यार्थीहरु धेरै छन् । वित्तीय चेतना नहुँदा थुप्रै विद्यार्थीहरुको बैंकर बन्ने चाहना अधुरो रहने गरेको छ । 

वित्तीय चेतनाको कमी यतिसम्म छ कि कुनै सहकारीमा काम गर्ने व्यक्तिलाई तपाईँ केमा काम गर्नुहुन्छ ? भनेर सोध्दा ‘फाइनान्समा’ भन्ने गरेको धेरै भेटिन्छ । उनीहरुलाई सहकारी र फाइनान्सबीचको फरक थाहा नहुँदा यस्तो समस्या आएको छ । उता, बैंकमा जागीरको लागि जाँदा पनि सहकारीमा काम गरेको अनुभवलाई फाइनान्समा गरेको भन्ने गरेको पाइएको छ । 

आइतबारदेखि बैंकिङ ट्रेनिङ
नेपालमा वित्तीय साक्षरताको एकदमै कमी छ । अझै पनि पैसा राख्नको लागि तथा कर्जा लिनका लागि बैंकलाई विश्वास नगर्नेहरु अत्याधिक छन् । यस्तो अवस्था गाउँमा मात्र हैन सहरमा पनि छ, अनि निरक्षरहरुमा मात्र नभएर पढेलेखेकाहरु बीचमा पनि छ । पैसा कमाउने, बचत गर्ने, लगानी गर्ने लगायतको ज्ञान उनीहरुसँग छैन । बैंकमा नै काम गर्ने भएपछि त झन् यो विषयमा जानकारी भइरहनु अत्यन्त जरुरी हुन्छ । यस विषयमा जानकारी नभएकै कारण पनि कतिपयलाई रिजेक्ट गर्न आफूहरु बाध्य भएको बैंकहरुको भनाई छ । 

यस्तै व्यक्तिहरुको आवश्यकतालाई ध्यानमा राखेर यही कात्तिक महिनाको अन्तिम साता मिडिया इन्टरनेशनलले ‘बैंकिङ ट्रेनिङ‘ संचालन गर्दैछ । नोभेम्बर १२ अर्थात कात्तिक २६ गतेदेखि नोभेम्बर १६ अर्थात् कात्तिक ३० गतेसम्म पाँच दिन संचालन हुने ट्रेनिङमा सबै उमेर समूहका मानिसले भाग लिन पाउनेछन् । तालिम दैनिक दुई घण्टाका दरले दिइनेछ । तालिममा सहभागी हुनका लागि दुई हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ । 

बैंकिङ ट्रेनिङ किन ?
पछिल्लो समय बैंकिङ क्षेत्रमा जागीर खान चाहनेको संख्या अत्याधिक बढेको छ । बैंकिङ क्षेत्रमा पनि रोजगारीको अवसर आइरहेको छ । यद्यपि, व्यवस्थापन संकायमा नै अध्ययन गरेका विद्यार्थीहरु पनि बैंकमा जागीर नपाएर भौतारिरहेका छन् । बैंकमा जागीरको लागि एप्लाई गर्दा आफ्नो योग्यता पुगेर पनि बैंकले राखेन भन्ने गुनासो उनीहरुको छ । तर, बैंकहरु भने जागीरका लागि आउनेहरुसँग किताबी ज्ञान मात्रै भएको र बैंकबारे सामान्य जानकारी पनि नभएको बताउँछन् । व्यवस्थापन संकायमा स्नातक वा स्नातकोत्तर गरेर पनि बैंकमा प्रवेश गर्न नसकेकाहरुलाई लक्षित गरेर बैंकसम्बन्धी सम्पूर्ण जानकारीहरु उपलब्ध गराउने उद्देश्यले उक्त तालिमको आयोजना गर्न लागिएको मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् बैंक ट्रेनिङका संयोजक माधव निर्दोषले बताए । त्यस्तै, बैंकमा जागीर गरिरहेकाहरुले पनि बैंकिङ चेतना अभिवृद्धिका लागि तालिममा सहभागीता जनाउन पाउने संयोजक निर्दोषले बताए । 

कस्ता जानकारी पाइन्छ ?
यो पाँच दिने तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइनेछ । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी गर्छ भन्ने कुराको जानकारी तालिमले प्रदान गर्नेछ । साथमा बैंकिङ प्रणालीमा पुँजी वृद्धि, जोखिम व्यवस्थापन र तरलता व्यवस्थापन कसरी हुन्छ लगायतका अत्यावश्यकीय जानकारी तालिममा पाइनेछ । यसका अलावा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न, बैंकका प्रकार र तिनिहरुको काम, कर्तव्य तथा अधिकारहरुका बारेमा प्रष्ट हुन, बैंकिङ अन्तर्वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा बुझ्न, बैंकमा प्रयोग हुने प्रविधि र तिनिहरुलाई प्रयोग गर्ने तरिकाका बारेमा विस्तृतमा जान्नका लागि यो बैंकिङ जब ट्रेनिङ उपयोगी हुने बताइएको छ । 

मिडिया इन्टरनेशनलले यसअघि भदौ महिनामा पनि सात दिने बैंकिङ ट्रेनिङको आयोजना गरेको थियो । उक्त आयोजनामा विद्यार्थी, बैंकिङ पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो । 

विस्तृत जानकारीका लागि ०१४१०२६०६ मा सम्पर्क गर्न आह्वान गरिएको छ ।