Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शाखा बिस्तारमा एनआईसी एशिया आक्रामक, फेरी थप्यो पाँच नयाँ शाखा

२०७४ कार्तिक २३ गते

बैंकिङ खबर । पछिल्लो समय शाखा विस्तारमा आक्रामक देखिएको एनआईसी एशिया बैंकले थप पाँच वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले केही दिययता कैलालीको जोशीपुर,  जाजरकोटको भेरी, बाँकेको खजघढ, बर्दिया नगरपालिका–६ तथा मगरागडी र कानेपोखरी गाउँपालिका–६ मा शाखा स्थापना गरेको हो । 

एनआईसी एशिया बैंकले जनाएअनुसार कैलालीको जोशीपुरर गाउँपालिका वडा नम्बर २ र जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा मंगलबार शाखा स्थपना गरिएको हो । जोशीपुरघढ शाखाको उद्घाटन गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बिष्ट र अध्यक्ष रामकृष्ण चौधरीले संयुक्त रुपमा गरेका थिए । 

त्यसैगरी जाजरकोटको भेरी शाखाको उद्घाटन भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले गरेका हुन् । 
कात्तिक १९ गते बाँकेको बारबर्दिया नगरपालिका वडा नम्बर ६, मगरागडी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ रमाइलो चोकमा पनि एनआईसी बैंकले शाखा स्थापना गरेको छ । थपिएका शाखसँगै देशभर एनआईसी बैंकका शाखाको संख्या १३८ पुगेको छ ।