Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पाँच अर्बको विकास ऋणपत्र निष्काशन हुँदै, बोलपत्र पेश गर्ने आइतबार अन्तिम दिन 

२०७४ कार्तिक १७ गते

बैंकिङ खबर । आगामी आइतबार पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र विक्रीका लागि बोलकबोल हुने भएको छ । सात वर्षे अवधिको उक्त विकास ऋणपत्र खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आइतबार दिउसो २ बजेभित्रमा अनलाइन विडिङ सिस्टममार्फत शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । २०८१ साल कात्तिक २० गते परिपक्व हुने उक्त ऋणपत्रको व्याजदर बोलकबोलको आधारमा तय गरिने बताइएको छ । हरेक छ महिनामा व्याज प्राप्त हुने यस ऋणपत्रलाई धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ । ऋणपत्र सोमबार(कात्तिक २० गते) निष्काशन गरिनेछ ।