बैंकिङ खबर । यही कात्तिक महिनाको अन्तिम साता मिडिया इन्टरनेशनलको आयोजनामा ‘बैंकिङ ट्रेनिङ‘ संचालन हुने भएको छ । नोभेम्बर १२ अर्थात कात्तिक २६ गतेदेखि नोभेम्बर १६ अर्थात् कात्तिक ३० गतेसम्म पाँच दिन संचालन हुने ट्रेनिङमा सबै उमेर समूहका मानिसले भाग लिन पाउनेछन् । तालिम दैनिक दुई घण्टाका दरले दिइनेछ । तालिममा सहभागी हुनका लागि दुई हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।
बैंकिङ ट्रेनिङ किन ?
पछिल्लो समय बैंकिङ क्षेत्रमा जागीर खान चाहनेको संख्या अत्याधिक बढेको छ । बैंकिङ क्षेत्रमा पनि रोजगारीको अवसर आइरहेको छ । यद्यपि, व्यवस्थापन संकायमा नै अध्ययन गरेका विद्यार्थीहरु पनि बैंकमा जागीर नपाएर भौतारिरहेका छन् । बैंकमा जागीरको लागि एप्लाई गर्दा आफ्नो योग्यता पुगेर पनि बैंकले राखेन भन्ने गुनासो उनीहरुको छ । तर, बैंकहरु भने जागीरका लागि आउनेहरुसँग किताबी ज्ञान मात्रै भएको र बैंकबारे सामान्य जानकारी पनि नभएको बताउँछन् । व्यवस्थापन संकायमा स्नातक वा स्नातकोत्तर गरेर पनि बैंकमा प्रवेश गर्न नसकेकाहरुलाई लक्षित गरेर बैंकसम्बन्धी सम्पूर्ण जानकारीहरु उपलब्ध गराउने उद्देश्यले उक्त तालिमको आयोजना गर्न लागिएको मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् बैंक ट्रेनिङका संयोजक माधव निर्दोषले बताए । त्यस्तै, बैंकमा जागीर गरिरहेकाहरुले पनि बैंकिङ चेतना अभिवृद्धिका लागि तालिममा सहभागीता जनाउन पाउने संयोजक निर्दोषले बताए ।
कस्ता जानकारी पाइन्छ ?
यो पाँच दिने तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइनेछ । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी गर्छ भन्ने कुराको जानकारी तालिमले प्रदान गर्नेछ । साथमा बैंकिङ प्रणालीमा पुँजी वृद्धि, जोखिम व्यवस्थापन र तरलता व्यवस्थापन कसरी हुन्छ लगायतका अत्यावश्यकीय जानकारी तालिममा पाइनेछ । यसका अलावा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न, बैंकका प्रकार र तिनिहरुको काम, कर्तव्य तथा अधिकारहरुका बारेमा प्रष्ट हुन, बैंकिङ अन्तर्वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा बुझ्न, बैंकमा प्रयोग हुने प्रविधि र तिनिहरुलाई प्रयोग गर्ने तरिकाका बारेमा विस्तृतमा जान्नका लागि यो बैंकिङ जब ट्रेनिङ उपयोगी हुने बताइएको छ ।
मिडिया इन्टरनेशनलले यसअघि भदौ महिनामा पनि सात दिने बैंकिङ ट्रेनिङको आयोजना गरेको थियो । उक्त आयोजनामा विद्यार्थी, बैंकिङ पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
विस्तृत जानकारीका लागि ०१४१०२६०६ मा सम्पर्क गर्न आह्वान गरिएको छ ।





