सनराइज बैंक लिमिटेड, गरिमा विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो व्याजदर घटाएपछि सेवाग्राहीलाई राहत मिलेको छ । असोज महिनाको आधार व्याजदर घटेको भन्दै बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसँगै नयाँ व्याजदर सार्वजनिक गरेका हुन् ।
सनराइज बैंक लिमिटेड
सनराईज बैंकले आफ्नो आधार ब्याजदर १० दशमलव ८२ प्रतिशत कायम गरेको छ । बैंकले आधार व्याजदरमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम थप गरी नयाँ कर्जा व्याजदर लागू गर्ने जनाएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै बचतमा न्यूनतम चारदेखि अधिकतम छ प्रतिशतसम्म तथा मुद्दती निक्षेपमा व्यक्तिगत छ महिना अवधिमा न्यूनतम सात प्रतिशत ताथा सनराईज महामुद्धतिमा अधिकतम आठ दशमलव ५० प्रतिशतसम्म व्याज दिने जानकारी गराएको हो । बैंकले सबै प्रकारका आधार मूल्यमा लेन्डिङ्ग कर्जामा ६ प्रतिशत, क्रेडिट कार्डमा आधारधित कर्जामा मासिक २ प्रतिशत, मुद्धत्ति निक्षेपमा प्रदान गरिने कर्जामा कुपन रेटमा २ प्रतिशत वा आधारमूल्यमा २.५ प्रतिशत थप प्रिमियम जोड्दा जुन बढी हुन्छ सोही रेटमा कर्जा उपलब्ध गराउने बताएको छ । कुनैपनि ठुला आयोजना तथा परियोजनाहरुमा प्रबाह हुने कर्जाको व्याजदर भने आपसी समझदारीमा तय गरिने बैंकले जनाएको छ ।
गरिमा विकास बैंक
गरिमा विकास बैंकको आधार व्याजदर ११ दशमलव ८७ प्रतिशत कायम गरिएको छ । गरिमाले उक्त आधार दरमा पाँचदेखि नौ प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । मुद्धति निक्षेपमा आधारित रहेर प्रदान गरिने कर्जामा आधार दरमा दुई प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गर्ने र सामूहिक जमानीमा प्रबाह गर्ने लघुवित्त कर्जा आधारमूल्यमा नौ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गसरिने बैंकले जनाएको छ । थोक कर्जा प्रबाह गर्ने लघुवित्तलाई प्रबाह गर्ने कर्जा व्याजदर भने सम्झौताअनुसार हुने बताइएको छ । अन्य सबै प्रकारको कर्जामा आधारमूल्यमा पाँच प्रतिशत प्रिमियम थप गरिने जानकारी बैंकले दिएको छ । त्यस्तै, गरिमाले बचतमा छ देखि आठ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ । मुद्धति निक्षेपमा नौ देखि ११.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने गरिमाको योजना छ ।
एक्सेल डेभलपमेन्ट बैंक
एक्सेल डेभलपमेन्ट बैंकको आधार व्याजदर नौ दशमलव ४० प्रतिशत कायम गरिएको छ । एक्सेलले उक्त आधार दरमा छदेखि आठ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा परिचालन गर्ने जनाएको छ । एक्सेल डेभलपमेन्ट बैंकले आधार व्याजदरमा छदेखि आठ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने जानकारी गराएको छ । बैंकले बचततर्फ भने साधारण बचतमा न्यूनतम चारदेखि अधिकतम छ प्रतिशतसम्म व्याज दिने भएको छ भने मुद्धति बचतमा छ देखि १० दशमलव ५० प्रतिशतसम्मको व्याज दिने जनाएको छ । त्यसैगरी युवा तथा साना व्यवसायी स्वरोजगार कोष कर्जामा करार बमोजिम, युवा तथा साना व्यवसायी कृषि कर्जामा राष्ट्र बैंकले तोकेबमोजिम, र मुद्धती रसिद धितोमा मुद्धत्ति खाताको ब्याजदरमा थप तीन प्रतिशत वा न्यूनतम ११ प्रतिशत कायम हुने बैंकले बताएको छ ।