Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सृजनशील सहकारीले गर्यो १६ करोडको कारोबार

admin २०७४ कार्तिक ५ गते
सेयर:

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले रु १६ करोडको कारोबार गरेको छ ।

कर्मचारी वोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३/७४ मा रु २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ । सहकारीले रु १४ करोड २० लाख ८४ हजार उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरेको सहकारीका प्रबन्ध सञ्चालक मदनराज भट्टले जानकारी दिए।

सहकारीमा सात हजार सदस्यको रु सात करोड सात लाख ४२ हजार रकम बचत रहेको छ । सहकारीले रु छ करोड ५० लाख ३८ हजार नेपाल राष्ट्र बैंक, बाणिज्य तथा विकास बैंक, वित्त कम्पनीबाट सापट लिएको छ । रु एक करोड ५० लाख ६३ हजार सहकारीको शेयर पूँजी रहेको छ । सो सहकारीको सम्पत्ति रु १५ करोड बरावरको रहेको छ । बेरोजगार युवालाई स्वरोजगार बनाउन स्वरोजगार कोषसँग सम्झौता गरी ऋण लगानी कार्यक्रम लागु गरेको भट्टले बताए।

“संस्थाको लक्ष्य प्राप्तिका लागि तीन वर्षे रणनैतिक योजना तयार गरी लागू गरेका छौं,” उनले भने। योजनाअनुसार सहकारीको सदस्य संख्या सात हजारबाट वृद्धी गरी १० हजार पु¥याउने, शेयर पूँजी वृद्धी गरी रु तीन करोड पुर्याउने तथा संस्थाको सम्पत्ति रु १० करोडले वृृद्धी गरी रु १५ करोड पुर्याउने लक्ष्य लिइएको छ । विसं २०६५ मा २५ जना युवाले रु एक लाख ३२ हजार शेयर पूँजीबाट सो सहकारी सञ्चालनमा ल्याएका थिए । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।