आगामी शुक्रबारसम्ममा दशवटा बैंक तथा फाइनान्स कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले जनाएअनुसार वैशाख २४ गतेसम्म ती संस्थाहरुले झण्डै १० अर्ब रुपैँया बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् ।
एनबी इन्स्योरेन्स कम्पनीले १२ करोड रुपैँया बराबरको हकप्रद सेयर निष्काशन गर्दैछ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० बराबर आठको अनुपातमा १२ लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्ड समक्ष अनुमति माग गरेको छ । कम्पनीले वैशाख २ गते सेयर निष्काशनको लागि अनुमति माग गर्दै बोर्डमा पत्राचार गरेको हो । कम्पनीले सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
क्षेत्रीयस्तरको ख वर्गको इजाजतप्राप्त बैँक कसमस डेभलपमेन्ट बैंकले पनि हकप्रद निष्काशनको अनुमति माग गर्दे बोर्डमा गत चैत २९ गते आवेदन दिएकोे छ । बैंकले १ सय रुपैँया अंकित मुल्य कायम रहने गरी १ः१ को अनुपातमा ५ करोड ३ लाख १२ हजार ५ सय रुपैँया बराबरको ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद निष्काशन गर्दैछ । बैँकको बिक्रि प्रबन्धकको रुपमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।
मनास्लु विकास बैंकले पनि गत चैत २८ गते हकप्रद सेयर निष्काशनको लागि बोर्डसमक्ष अनुमति माग गरेको छ । बैंकले २ः१ को अनुपातमा १ सय रुपैँया अंकित मुल्य कायम रहने गरी ९ करोड १७ लाख ६४ हजार ७ सय ५० रुपैँया बराबरको ९ लाख १७ हजार ६ सय ४७ कित्ता सेयर निष्काशनको लागि अनुमति माग गरेको हो । बैंकको सेयर बिक्रि प्रबन्धकको रुपमा ग्रोमर मचेन्ट बैंकर लिमिटेड रहेको छ ।
त्यस्तै, माउन्ट मकालु डेभलपमेन्ट बैंकले १ः१.५ को अनुपातमा ३ करोड ९० लाख रुपैँया बराबरको तीन लाख ९० हजार कित्ता हकपैद शेयर निष्काशन गर्दैछ ।
पुर्णिमा विकास बैंकले २ः१ को अनुपातमा २० करोड १७ लाख ८ हजार ७ सय रुपैँया बराबरको २० लाख १७ हजार ७४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
त्यसैगरी, एनआइसी एसिया बैंकले ४ः१ को अनुपातमा ९२ करोड ३७ लाख ५४ हजार रुपैँया बराबरको ९२ लाख ३७ हजार चार सय ५० कित्ता हकप्रद कित्ता सेयर निष्काशन गर्न बोर्डसमक्ष अनुमति माग गरेको छ ।
यसबाहेक सानिमा बैंक, सिटिजन बैंक, सुर्या लाइफ इन्स्योरेन्स कम्पनिसहितका एक दर्जनभन्दा बढी कम्पनीहरु हकप्रद सेयर निष्काशन गर्ने तयारीमा छन् । बोर्डका अनुसार वैशाखको दोश्रो सातासम्म ३४ वटा कम्पनीहरुले १० अर्ब २८ करोड ७२ लाख ९७ हजार ७१ रुपैँया बराबरको १० करोड २८ लाख ७२ हजार ९ सय ७० कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति माग गरेका छन् । यद्यपि, अनुमति माग गर्ने कम्पनीहरुमध्ये प्रायः कम्पनीहरु मर्ज हुँदा झण्डै २ दर्जन कम्पनीहरुको सेयर निष्काशन प्रकृया पूर्ण रुपमा रोकिएको छ ।
