गैरआवसीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वमा अधिकाँस प्यानल सहित अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। अध्यक्षका प्रतिस्पर्धी जमुना गुरुङ घलेलाई भारी मतले पछि पार्दै अध्यक्षमा भट्ट निर्वाचित भएका हुन्।
भट्टलाई संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेलगायतको समर्थन रहेको थियो । मत परिणामअनुसार भट्टले १ हजार १ सय ९७ मत पाएका छन् भने उनकी प्रतिद्वन्द्वी जमुना घले गुरुङले ५८४ मत पाइन्। खुल्ला उपाध्यक्ष कुमार पन्त जर्मनी र कुल आचार्य वेलायत विजयी भएका छन्। महासचिवमा डा. बद्री केसी रसिया विजयी भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी विजयी भइन्। दुई सचिव पदमा डबरबहादुर क्षेत्री ओमन, र जानकी गुरुङ बेल्जियम विजयी भएका छन् । कोषाध्यक्षमा हिक्मतबहादुर थापा नाइजेरिया विजयी भएका छन् ।
