बैंकिङ खबर । अवैध घोषणा गरिएको बिटक्वाइन कारोबार गराएको आरोपमा पेमेन्ट गर्ने कम्पनी इसेवामाथि नेपाल राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको छ । विदेशी विनिमय ऐन अनुसार राष्ट्र बैंकले नेपालमा बिटक्वाइनको कारोबारलाई अवैध घोषणा गरेको थियो । राष्ट्र बैंक अनुसन्धानबाट बिटक्वाइन कारोबारको भुक्तानीको लागि इसेवाको प्रयोग भएको पाइएपछि थप अनुसन्धान थालिएको हो । अनुसन्धान पछि के कस्तो कारवाही गर्ने भन्ने विषय पछि टुंगो लगाउने राष्ट्र बैंकले जनाएको छ ।
