Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आठ अर्ब नाघ्यो सानिमा बैंकको चुक्तापुँजी

२०७४ आश्विन २९ गते

सानिमा बैंक लिमिटेडले आइतबार (असोज २९ गते) १३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै सानिमा बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ नाघेको छ । 

साथमा, साधारणसभाले संस्थापन समूह (समूह “क”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकमा विनय कुमार श्रेष्ठ, तुक प्रसाद पौडेल र शाम्बा लामालाई निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा खुद नाफा रु १.३३ अर्ब कमाएको सानिमा बैंकको कुल सम्पत्ति रु ६९.९५ अर्ब, कुल निक्षेप रु ५७.७५ अर्ब, तथा कर्जा सापटी खुद रु ५१.२६ अर्ब रहेको छ । आर्थिक वर्ष २०७२/७३  को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.२३, २४.६२, २६.७६, र २५.१६ प्रतिशतले  बृद्धि भएको बैंकले जनाएको छ ।