सोसल कमर्स सञ्जाल सगुन (www.sagoon.com) ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ सम्म मात्र कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको छ ।
प्रतिसेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य सेयरका लागि यस चरणमा न्युनतम एक हजार अमेरिकी डलरको सेयर खरिद गर्नुपर्ने सगुनले जनाएको छ । यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिट तथा डेविट कार्ड, एसीएच, बैंक तथा चेकमार्फत् हुने भुक्तानीबाट स्वीकार गरेको छ । सगुनले आफ्नै वेबसाइटबाट सेयर जारी गरेको छ जहाँ लगानीको बारेमा आवश्यक पर्ने जानकारी पढ्न तथा डाउनलोड गर्ने व्यवस्था उपलब्ध छ ।
सगुनमा संसारभरबाट लगानीकर्ताले लगानी गरेका छन् । तीमध्ये अधिकांश अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वका रहेका छन् । यसमा रहेका सेयरधनीहरुमध्ये अधिकांश यसका प्रयोगकर्ता र समर्थक रहेका छन्। थप व्यक्तिहरु दैनिक रुपमा यससँग जोडिने क्रम जारी रहेको छ। पहिलो चरणमा ३ हजार भन्दा बढीले लगानी गर्न चाहे पनि फर्म भरेर बैकसम्म पुगेर बैक मार्फत वायर टान्फर गर्नु पर्ने झन्झटका कारण लगानी गर्न छुटेका थिए । यस चरणमा क्रेडिटर डेविट कार्ड मार्फत समेत लगानी गर्न सकिने भएपछि लगानीकर्तालाई सहज हुने अनुमान सगुनले गरेको छ । पहिलो चरणमा लगानि गर्न छुटेकाहरुले पनि पनि यस चरणमा लगानी गर्न सक्ने बताइएको छ ।
यसबीचमा सगुनले आफ्नो पूर्णकालीन कर्मचारी संख्यालाई १२ बाट ४२ पुर्याएको छ र आफ्नो मोबाइल एप बनाउनको लागि १० लाख अमेरिकी डलर खर्च गरिरसकेको छ । यो एप सबैले एकदमै रुचाउने एप हुने सगुनले विश्वास गरेको छ । सगुनले इन्डिएन इन्स्टिच्युट अफ टेक्नोलोजी, दिल्लीसँग ब्याट्री रिचार्ज गर्ने प्रविधि, आर्टि्फिसिएल इन्टेलिजेन्स, सेमान्टिक वेब, प्राकृतिक भाषा प्रसोधन क्षमतामा सहकार्य गर्ने निर्णय समेत गरेको छ ।
सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने,“ बिश्वभर रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताका कतिपय समस्याहरुको समाधान गर्न र प्रयोगकर्ताका आवश्यकतालाई ध्यान दिने कम्पनीको रुपमा आफूलाई विकास गर्न लागिपरेका छौँ ।“
गिरीले थपे, “हाम्रा सेयरधनीहरुको मूल्यलाई दीर्घकालीन रुपमा बढाउन लागिपरेका छौँ । यसका लागि अझै केहि समय लिन्छ । गत आठ महिना हाम्रो उत्साहका महिनाहरु भए । हामीले भारतमा यस क्षेत्रका एकदमै प्रतिभावान कर्मचारीहरुलाई नियुक्त गरेका छौं । हामीले पृष्ठभूमिमा काम गर्ने प्राविधिक पूर्वाधार तयार गरेका छौं जसले लाखौं प्रयोगकर्ताहरुको वेब ट्राफिक, किनबेच तथा अन्य सेवालाई सहजै धान्न सक्छ ।“ “हामीले भाडामा लिएको कार्यालयको क्षेत्रफललाई ७ हजार वर्ग्फिटबाट २७ हजार वर्ग्फिटमा पुर्याएका छौं “ गिरीले भने “ यी सबै हासिल गर्नको लागि दीगो तथा निरन्तर लगानीको आवश्यकता पर्दछ । हामीले तय गरेको न्युनतम लगानीको रकम हासिल हुने चरणमा पुगेकोले हामीले लगानी उठाउने कामको स्थगनको घोषणा गरेका छौं । कनेक्ट. सेयर. अर्नको हाम्रो दूरदृष्टिलाई साकार पार्नलाई हामीलाई साथ दिन अनुरोध गर्दछौं । ”
सगुन सुरुवाती चरणमा रहेको सोसल कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ताहरुलाई पैसा कमाउने अवसर प्रदान गर्ने हो । ‘ सगुन ’ भन्ने शब्दको मूल संस्कृतको ‘ सकुना ’ शब्द हो जसको अर्थ शुभ अवसर तथा राम्रो भाग्य भन्ने हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु गरिएको सेवा हो र सन् २०१४ मा सोसल कमर्स प्लेटफर्मको रुपमा पुनर्विकसित गरिएको थियो ।




