Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेप्सेका नवनियुक्त सीईओलाई लगानीकर्ताहरुको पाँच अनुरोध

२०७४ आश्विन २६ गते

नेपाल इन्भेष्टर्स फोरमका कार्यसमितिका पदाधिकारीहरुले नेपाल स्टक एक्सचेञ्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा भएको भेटघाटमा फोरमका पदाधिकारीहरुले विगतमा थाँती रहेका कार्यहरु छिटै सम्पन्न गर्न अनुरोध समेत गरेका छन् । उनीहरुले निम्न विषयहरुमाथि प्रमुख कार्यकारी अधिकृत साउदको ध्यानाकर्षण गराएका छन् :

  • निर्धारित समयमा नै अनलाइन ट्रेडिङ लागू गर्ने
  • बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स प्रदान गरी सबै स्थानीय निकायहरुबाट सहज सेयर कारोबार गर्ने वातावरण तयार गर्ने
  • ब्रोकरको कार्यक्षेत्र विस्तार गर्ने
  • अक्सन तथा हकप्रद सेयरलाई तत्कालै आस्वा प्रणालीमा आवद्ध गरी नेपालभरिका सम्पूर्ण लगानीकर्ता सहज किसिमले सहभागी हुन सक्ने व्यवस्था गर्ने
  • बजार निर्माता र डिलरसिपको कार्य तत्काल अघि बढाउने