एनआईबिएल क्यापिटल लिमिटेडको पाँचौ बार्षिक साधारणसभाले १२२.०४४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । एनआईबिएल क्यापिटलले साधारणा सभाबाट चुक्ता पूँजी १० करोड १५ लाख रुपैयाँको ९७.०४४३ प्रतिशत बराबरको ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २५ प्रतिशत नगद अर्थात दुई करोड ५३ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको हो ।
उता एस क्यापिटलको सातौ बार्षिक साधारण सभाले ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनले चुक्ता पूँजी ७ करोड रुपैयाँको ५२ प्रतिशतले हुने तीन करोड ६४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
दुबै कम्पनीको छुट्टाछुट्टै सम्पन्न साधारणसभाले एकआपसमा मर्ज हुने प्रस्ताव पनि पारित गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि सहायक कम्पनी एस क्यापिटल समेत इन्भेष्मेन्ट बैंकको सहायक कम्पनीको रुपमा परिणत भइसकेकाले यी दुई कम्पनीलाई पनि मर्जर गर्न लागिएको हो ।

