Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु मनि ट्रान्सफरको दशैँ तिहार योजना : तेस्रो र चौथो साता कसकसले पाए उपहार ? (सूचिसहित)

२०७४ आश्विन २४ गते

‘प्रभुसँग दशैँ तिहार र छठ उमंग, हर्षले सबैजना दंग’ नामक उपहार योजनाको तेस्रो र चौथो साताको विजेताहरुको नामावली सार्वजनिक गरिएको छ । 

यस योजानाअन्तर्गत प्रभु मनि ट्रान्सफरबाट रकम ट्रान्सफर गर्ने आफ्ना ग्राहकहरुमध्ये लक्की ड्रबाट विजेता घोषणा गरी उपहार वितरण गरिने बताइएको छ । जसमा प्रथम हुनेलाई पुरस्कारस्वरुप एलईडी टिभि हरेक हप्ता एक जनालाई प्रदान गरिनेछ । त्यस्तै, द्धितीय पुरस्कारको रुपमा एक महिनाको रिचार्जसहितको प्रभु टिभि सेट टप बक्स हरेक दिन एक जनालाई दिइनेछ । तेश्रो पुरस्कारअन्तर्गत हरेक हप्ता दुई जनालाई स्मार्ट फोन प्रदान गरिने प्रभुले जनाएको छ । साथै बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकलाई पोखरा– मुक्तिनाथ–पोखरासम्म प्रभु हेलिकप्टर मार्फत यात्रा गराउने कम्पनीको योजना छ । 

कम्पनीले पहिलो र दोस्रो साताका विजेता घोषणा गरिसकेको छ । तेस्रो र चौथो सातामा विजयी भएका ग्राहकहरुको नामावली यसप्रकार छ :


१० सेप्टेम्बर अर्थात भदौ २५ गतेदेखि सुरु भएको यो योजना २६ अक्टोबर अर्थात कात्तिक ९ गतेसम्म कायम रहने बताइएको छ ।