Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

उपत्यकामा घट्यो घरजग्गाको किनबेच

२०७४ आश्विन २४ गते

मदन लामिछाने / उपत्यकामा घरजग्गा कारोबारमा कमी आएको छ । उपत्यकाबाट आर्थिक वर्ष (आव) २०७४/७५ को साउनमा ६६ करोड ९७ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेकोमा भदौमा घटेर ६३ करोड ९४ लाख रुपैयाँ मात्र उठेको छ । साउनको तुलनामा भदौमा ३ करोड ३ लाख रुपैयाँ रजिष्टे«शन शुल्क कम उठेको हो । स्थानीय तहको निर्वाचनपछि उपत्यकाको जग्गाको कारोबारमा कमी आएको हो । बाढीका कारण पनि भदौमा घरजग्गा कारोबार घटेको घरजग्गा व्यवसायीहरू बताँउछन् ।

भदौमा ललितपुर मालपोत कार्यालयले रू. १६ करोड ४ लाख, डिल्लीबजार मालपोत कार्यालयले रू. ८ करोड ६५ लाख, कलङ्की मालपोत कार्यालयले रू. ११ करोड ४२ लाख, भक्तपुर मालपोत कार्यालयले रू. ८ करोड ५१ लाख र चावहिल मालपोत कार्यालयले रू. १० करोड ५ लाख राजस्व सङ्कलन गरेका छन् । साँखु मालपोत कार्यालयले रू. ३ करोड ७३ लाख, मनमैजु मालपोत कार्यालयले रू. ३ करोड ६३ लाख र टोखा मालपोत कार्यालयले रू. १ करोड ९१ लाख सङ्कलन गरेका थिए ।

साउनमा ललितपुर मालपोत कार्यालयले रू. १८ करोड ३४ लाख, डिल्लीबजार मालपोत कार्यालयले रू. १३ करोड २४ लाख, कलङ्की मालपोत कार्यालयले रू. ८ करोड १५ लाख, भक्तपुर मालपोत कार्यालयले रू. ८ करोड ९५ लाख र चावहिल मालपोत कार्यालयले रू. ८ करोड ५० लाख सङ्कलन गरेका थिए । यस्तै साँखु मालपोत कार्यालयले रू. ३ करोड ९७ लाख, मनमैजु मालपोत कार्यालयले रू. ३ करोड ५७ लाख र टोखा मालपोत कार्यालयले रू. २ करोड २५ लाख रजिष्ट्रेशन शुल्क सङ्कलन गरेका छन् ।

उपत्यका बाहिर भने घरजग्गाको कारोबार घटेको छैन । सरकारले भदौमा ९२ करोड राजस्व उठाउने लक्ष्य राखेकोमा १ अर्ब २४ करोड ९२ लाख रुपैयाँ सङ्कलन भएको छ । साउनमा १ अर्ब १० करोड रुपैयाँ राजस्वको लक्ष्य राखिएकोमा १ अर्ब ४२ करोड रुपैयाँ सङ्कलन भएको थियो ।

गत आवभन्दा कम
उपत्यकाबाट गत आव २०७३/७४ को साउन महीनामा ७४ करोड ५९ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेको थियो । चालू आव २०७४/७५ को साउनमा त्यो घटेर ६६ करोड ९७ लाख रुपैयाँमा झरेको छ । त्यस्तै गत आवको भदौमा ८३ करोड ८५ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेकोमा चालू आवमा ६३ करोड ९४ लाख रुपैयाँ रजिष्ट्रेशन  शुल्क उठेको हो । अभियान दैनिकमा प्रकाशित समाचार