October 4th, 2017

बैंक वित्तमा झन्डै डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले झन्डै डेढ अर्ब रकम बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्षे मुद्धती निक्षेपमा एक अर्ब ४८ करोड रुपैयाँ लगानी गर्न बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लगानी गर्न लागेको उक्त रकम ०७५ असोज ३० गते फिर्ता गर्नुपर्ने जनाएको छ । यसका लागि यही असोज २२ गतेभित्रमा प्रस्ताव पेश गरिसक्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिएको छ । 

राष्ट्र बैंकले वाणिज्य बैंकमा एक अर्ब १८ करोड ४१ लाख, विकास बैंकमा २२ करोड २० लाख र वित्त कम्पनीमा ७ करोड ४० लाख रुपैयाँ लगानी गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]