Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक वित्तमा झन्डै डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक

२०७४ आश्विन १८ गते

नेपाल राष्ट्र बैंकले झन्डै डेढ अर्ब रकम बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्षे मुद्धती निक्षेपमा एक अर्ब ४८ करोड रुपैयाँ लगानी गर्न बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लगानी गर्न लागेको उक्त रकम ०७५ असोज ३० गते फिर्ता गर्नुपर्ने जनाएको छ । यसका लागि यही असोज २२ गतेभित्रमा प्रस्ताव पेश गरिसक्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिएको छ । 

राष्ट्र बैंकले वाणिज्य बैंकमा एक अर्ब १८ करोड ४१ लाख, विकास बैंकमा २२ करोड २० लाख र वित्त कम्पनीमा ७ करोड ४० लाख रुपैयाँ लगानी गर्नेछ ।