२०७४ आश्विन १० गते

१० जिल्ला कार्यक्षेत्र भएका अधिकांश बैंक विलय

१० जिल्ला कार्यक्षेत्र भएका अधिकांश विकास बैंकहरु विलय भएका छन् । १० जिल्लालाई कार्यक्षेत्र बनाएर कारोबार गर्दै आएका विकास बैंकहरु नेपाल राष्ट्र बैंकको पूँजी वृद्धिको योजनापछि अधिकांश विलय भएका हुन् । गत वर्षसम्म १२ वटाको संख्यामा रहेका १० जिल्ले विकास बैंकमध्ये केहि कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरका विकास बैंक बनेका छन् भने केहि बैंकहरु अन्य संस्थामा गएर मर्ज भएका छन् । 

१० जिल्ले विकास बैंक बैंक शाइन रेसुङ्गा मात्रै 
१० जिल्ला कार्यक्षेत्र भएको विकास बैंकमा हाल शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मात्रै रहेको छ ।  १ दर्जनको संख्यामा रहेका १० जिल्ले विकास बैंकहरुको संख्या घटेर अहिले बुटवलमा केन्द्रीय कार्यालय रहेको शाईन रेसुङ्गा मात्रै १० जिल्लामा सिमित रहेको छ । 

केहि समय अघिका १० जिल्ले विकास बैंकहरु
१. अरनिको विकास बैंक (धुलिखेल, काभ्रे)
२. विराटलक्ष्मी विकास बैंक (विराटनगर)
३. सिटि डेभलपमेन्ट बैंक (पोखरा)
४. कन्ट्री डेभलपमेन्ट बैंक (बनेपा)
५. एकता डेभलपमेन्ट बैंक (बुटवल)
६. गण्डकी विकास बैंक (पोखरा)
७. कामना विकास बैंक (पोखरा)
८. मालिका विकास बैंक (धनगढी, कैलाली)
९. पश्चिमाञ्चल डेभलपमेन्ट बैंक (बुटवल)
१०. प्रोफेशनल दियालो विकास बैंक (बनेपा)
११. सेवा विकास बैंक (बुटवल)
१२. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (बुटवल)