एनआईसी एशिया बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको अवसर पारेर नेपालमै पहिलो पटक घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ । बैंकले ग्राहकहरुको अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले यस्तो योजना ल्याएको हो । आफ्ना ग्राहकहरुका लागि बैंकले ‘एनआईसी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना ल्याएको बताएको छ ।
योजनाका विशेषताहरु
यस योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिएको छ । यो योजना अन्तर्गत घर कर्जा लिँदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर/शुल्क नलाग्ने बताइएको छ । साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नगरिने बैंकको दाबी छ ।
कसरी लिने कर्जा ?
कर्जाका लागि अनलाइनबाटै बैंकको वेभसाइटमार्फत कर्जाको Eligibility रकम जाँच गरी आवेदन दिन सकिनेछ । यो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुचि र आवश्यकता अनुसार टर्म लोन तथा ओभरड्राफ्ट कर्जा प्रदान गरिनेछ ।
यस बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधिसम्मको अवधि हुनेगरी (अर्थात् २५ वर्षसम्मको अवधि हुने गरी) लचिलो विशेषताहरु समेत समेटी घर कर्जा र सवारी साधन कर्जाको कम्बो प्रोडक्टको रुपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ । यस बाहेक पनि सवारी साधन कर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क/दस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराइने छ ।
उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरु भएको उक्त घर कर्जा योजना जारी गर्ने एनआईसी एशिया बैंक देशकै पहिलो र एक मात्र वाणिज्य बैंक हो । यसबाट हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । ‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडीजोड्ने सपना’ भन्ने मूलनाराका साथ ल्याइएको यो योजना सीमित अवधिका लागि मात्र भएकाले बैंकले मौकाको फाइदा उठाउन सम्पूर्ण ग्राहकहरुलाई आह्अवान गरेको छ ।
बैंकले समुन्नती बचत खातामा वार्षिक ९ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । बैंकको हालसम्म १२५ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउण्टरहरु र ११९ एटिएम सञ्जालहरु सञ्चालनमा छन् । शाखा सञ्जाल, ग्राहक आधार र वासलातको आकार लगायतको दृष्टिकोणले एन आई सी एशिया बैंक देशकै अग्रणी बैंक मध्ये एक हो ।