२०७४ आश्विन ५ गते

१० जिल्ला कार्यक्षेत्र भएका विकास बैंक नरहने

१० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरु नरहने भएका छन् । अहिले १० जिल्ला कार्यक्षेत्र भएको एक मात्र विकास बैंक भनेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक हो । शाइन रेसुङ्गा कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको कारण १० जिल्ले विकास बैंक नरहने भएका हुन् । 

पूँजी वृद्धि गरी राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारी भइरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘हामी अहिले मर्जर तथा एक्विजिशनको पहलमा छौं’ बैंकिङ खबर डट कमसँगको कुराकानीमा सिईओ पौडेलले भने– ‘कुनै बैंक वित्तसँग मर्ज हुने वित्तीकै हामी राष्ट्रिय स्तरको विकास बैंक बन्ने छौं ।’ राष्ट्रिय स्तरको विकास बैंक भएपनि प्रदेश नम्बर ५ मा नै बढी केन्द्रित हुने सीईओ पौडेलको भनाई थियो । शाइन रेसुङ्गा राष्ट्रिय स्तरको विकास बनेसँगै मुलुकमा १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको संख्या शुन्य हुनेछ । 

७ दर्जन बढी विकास बैंक २ दर्जनमा खुम्चिँदै
पछिल्लो समय विकास बैंकहरुको संख्या खुम्चिदै गएको पाइन्छ । राष्ट्र बैंकको पूँजी वृिद्धको योजना पूर्व ८६ वटामा रहेका विकास बैंकहरु अहिले ३ दर्जन भन्दा पनि कम्तीको संख्यामा खुम्चिएका छन् । विकास बैंकहरु अझै खुम्चिने प्रक्रिया जारी नै रहेको छ । हाल राष्ट्रिय स्तरका विकास बैंकहरु १२ वटा छन् भने १० जिल्ला कार्यक्षेत्र भएकोमा एउटा मात्रै विकास बैंक रहेको छ । ३ जिल्ला कार्यक्षेत्र भएका १८ र १ जिल्ला मात्रै कार्यक्षेत्र भएका बैंकहरु हाल ४ वटा छन् । त्यसमा पनि कतिपय बैंकहरु मर्जर÷एक्विजिशनको प्रक्रियामा रहेका छन् ।