Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दशैं बिदामा बैंकिङ सेवा सूचारु राख्न राष्ट्र बैंकको निर्देशन

२०७४ आश्विन ५ गते

नेपाल राष्ट्र बैंकले दशैँको विदाका दिनहरुमा पनि खुला रहन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले राजस्ववापत प्राप्त हुने चेक क्लियरिङका लागि बैंक तथा वित्तीय संस्था बन्द नगर्न भनेको हो । 

असोज १ गते अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्र पठाउँदै दशैँको सार्वजनिक विदाका दिन बैकिंङ कार्यालय खुला राख्ने व्यवस्था मिलाउन भनेको थियो । अर्थ मन्त्रालयले राजस्व संकलन गर्ने राष्ट्र बैंक लगायत सम्पूर्ण बैंक र राजस्वबाट प्राप्त हुने चेक क्लियरिङ गर्ने बैंकहरु र नेपाल क्लियरिङ हाउसलाई समेत कार्यालय खुला राख्ने व्यवस्था मिलाउन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

दशैँका लागि असोज ५, ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदा परेको छ । महिनाको अन्तिम दिन कुनै सार्वजनिक विदा परेमा पनि त्यस दिन बैंक तथा वित्तीय संस्था खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।