बैंकहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि जोखिममा आधारित कार्यान्वयनसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण बैंककमा सुरु भएको छ ।
डेटम सिस्टम्सले आयोजना गरेको प्रशिक्षणमा नेपालका राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, ग्लोवल आईएमई बैंक र नेपाल बंगलादेश बैंकका प्रतिनिधि सहभागी छन् । मंगलबारदेखि सुरु भएको प्रशिक्षण बिहीबार सकिनेछ ।
प्रशिक्षणमा थाइल्यान्ड सम्पत्ति शुद्धीकरण कार्यालयका पूर्वमहानिर्देशक उइकुन निथिमुत्रकुलले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीका अन्तर्राष्ट्रिय मान्यता र थाइल्यान्डको अनुभवको बारेमा प्रक्षिक्षण दिइरहेका छन् ।
यस्तै, एजम्सन विश्वविद्यालय बैंककका प्रोफेसर डा. कुलदिप नागीले बैंकिङ व्यवसायमा हुने धोखाघडी र यसको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापसँगको सम्बन्ध र डा प्रमोद पराजुलीले शंस्कास्पद कारोबारको अनुगमन तथा विश्लेषण र जोखिममा आधारित कार्यान्वयनका विषयमा प्रक्षिक्षण दिएका छन् ।
प्रशिक्षणका क्रममा सहभागीहरूले थाइल्यान्ड सम्पत्ति शुद्धीकरण कार्यालयका पदाधिकारीहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । साथै थाइल्यान्डको वाणिज्य बैंक गभर्मेन्ट सेविङ बैंकमा गरिएको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण जोखिममा आधारित कार्यान्वयनको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । कारोबार दैनिकमा प्रकाशित समाचार