September 13th, 2017

पाँच अर्बको विकास ऋणपत्र विक्री गरिँदै, विहीबारसम्ममा बोलपत्र पेश गरिसक्नुपर्ने

पाँच अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्रीका लागि बोलपत्र आह्वान गरिएको छ । राष्ट्र बैंकले ११ वर्षे अवधिको उक्त विकास ऋणपत्र खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुलाई भोली (भदौ २९ गते) अपरान्ह ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गरिसक्न आह्वान गरेको छ । शुक्रबार (भदौ ३० गते) निष्काशन हुने ऋणपत्रको व्याजदर बोलकबोलको आधारमा निर्धारण गरिने र सावाँ २०८५ भदौ ३० गते फिर्ता गरिने बताइएको छ ।

उक्त ऋणपत्रको व्याज हरेक छ महिनामा पाइनेछ । उक्त ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दिन सकिने छ । इच्छुकले घटीमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]