नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि ५ जना सर्ट लिस्टमा परेका छन् । नेप्सेको सीईओका लागि १३ जनाको आवेदन परेकोमा अर्थमन्त्रालयद्धारा गठित छनौट समितिले चन्द्र साउद, मनोज ज्ञवाली, प्रविण पाठक, प्रमोद शर्मा र सिताराम थपलियालाई सर्ट लिस्ट गरेको हो ।
अब छनौट समितिले सर्ट लिस्टमा परेका उम्मेदवारले पेश गरेको व्यवसायीक योजना लगायतको आधारमा तीन जनाको नाम सरकारलाई सिफारीश गर्नेछ र सरकारले तीन जनामध्ये एकजनालाई नेप्सेको प्रमुख कार्यकारीमा नियुक्त गर्नेछ ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल गत असार २५ मा सकिएपछि नेप्सेको प्रमुख कार्यकारीको पद रिक्त रहेको थियो । नेप्सेको प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएका तीस बर्ष पुरा भई साठी बर्ष ननाघेका व्यक्तिहरुबाट आवेदन माग गरिएको थियो ।