September 6th, 2017

पाँच अर्बको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान, ६।६ महिनामा व्याज पाइने, १५ वर्षपछि सावाँ फिर्ता

भोली (भदौ २२ गते) पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र विक्रीका लागि बोलकबोल हुने भएको छ । १५ वर्षेअवधिको उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । विहीबार निष्काशन गरिने ऋणपत्रको सावाँ भुक्तानी ०८९ भदौ २३ गते गरिनेछ भने प्रत्येक छ महिनामा व्याज दिइने नेपाल राष्ट्र बैंकले जनाएको छ । व्याजदर बोलकबोलको आधारमा निर्धारण गरिनेछ । बुधबार अपरान्ह ३ बजेभित्रमा बोलकबोल गरिसक्न राष्ट्र बैंकले आह्वान गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]