Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पाँच अर्बको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान, ६।६ महिनामा व्याज पाइने, १५ वर्षपछि सावाँ फिर्ता

२०७४ भाद्र २१ गते

भोली (भदौ २२ गते) पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र विक्रीका लागि बोलकबोल हुने भएको छ । १५ वर्षेअवधिको उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । विहीबार निष्काशन गरिने ऋणपत्रको सावाँ भुक्तानी ०८९ भदौ २३ गते गरिनेछ भने प्रत्येक छ महिनामा व्याज दिइने नेपाल राष्ट्र बैंकले जनाएको छ । व्याजदर बोलकबोलको आधारमा निर्धारण गरिनेछ । बुधबार अपरान्ह ३ बजेभित्रमा बोलकबोल गरिसक्न राष्ट्र बैंकले आह्वान गरेको छ ।