काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्किङमा राखिएको सवारी साधनमा ठुलो मात्रामा सुन तस्करी भएको खबरका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मनोज अधिकारीलाई पक्राउ गरेको हो । आइतबार बेलुका पाएको सुचनाका आधारमा सोमबार बिहान २ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले बा १७ च ६४२७ नंको पार्किङ गरेर राखिएको गाडीबाट पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीका अनुसार यसपटक इतिहासमै सबैभन्दा धेरै परिमाणमा सुन बरामद भएको हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बरामद भएको थियो ।