Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नौ अर्ब ६५ करोडको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान

२०७४ भाद्र १६ गते

आगामी सोमबार नौ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रीका लागि बोलकबोल हुने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब १३ करोड र १८२ दिने अवधिको पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको हो । बोलकबोल सोमबार अपरान्ह ३ बजे हुनेछ भने निष्काशन बुधबार हुनेछ ।