२०७४ भाद्र १६ गते

यस्ता छन्, धितोपत्र सम्बन्धी नयाँ नीति तथा कार्यक्रमहरु

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७४।७५ को धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । विहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी धितोपत्र बोर्डले उक्त जानकारी दिएको हो ।

बोर्डले धितोपत्र बजारको सुपरिवेक्षण, कानुन प्रवलीकरण तथा पूर्वाधार विकासमा जोड दिँदै क्ष्इक्ऋइ को सिद्धान्त अनुरुप धितोपत्र बजार विकास गर्ने र धितोपत्र बजारमा लगानीकर्ताको विश्वास अभिबृद्धि गर्ने कार्यलाई प्राथमिकता दिई आ.व. २०७४।७५ को धितोपत्र सम्बन्धी प्रमुख नीति तथा कार्यक्रमहरु तयार गरेको जानकारी दिएको छ । 
यस्ता छन्, धितोपत्र सम्बन्धी नयाँ नीति तथा कार्यक्रमहरु :


साथै, वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्ने, नेप्से तथा सीडिएससीको प्रणालीको संपरिक्षण गर्न सहजीकरण गर्ने, छुट्टै नियमन निकाय नभएका सूचिकृत कम्पनीहरुको नियमन तथा सुपरिवेक्षण गर्ने, नेप्से तथा सिडिएससीको पुनःसंरचनामा सहजीकरण गर्ने, बोर्डको संचालन स्वायत्तता बढाउने, धितोपत्रको दोस्रो बजार कारोवारलाई थप प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन सेटलमेन्ट ग्यारेन्टी फण्डको व्यवस्थाका लागि सहजीकरण गर्ने, बोर्डको आफ्नै कार्यालय भवन बनाउन आवश्यक कार्य अगाडि बढाउने जस्ता कार्यक्रमहरु समेत रहेका छन् ।