२०७४ भाद्र १६ गते

१० बैंक, जसलाई लाग्यो ‘नाडा अटो शो’

रोयल आचार्य । नेपालमा सवारी साधनको सर्वाधिक ठुलो मेला ‘नाडा अटो शो’ गत मंगलवारदेख भृकुटीमण्डपमा भइरहेको छ । सवारी साधनको महाकुम्भ मेलाको रुपमा चिनिने यो अटो शोमा कमर्सियल बैंक तथा बीमा कम्पनीहरुले पनि स्टल राखेका छन् । नाडा अटो शोमा गाडी किन्न चाहनेका लागि कमर्सियल बैंकहरुले सहज तरिकाले सवारी कर्जा दिने जनाएका छन् । अटो शोमा गाडी खरिद गर्न चाहनेलाई लक्षित गरेर बैंकहरुले आ–आफ्नै व्याजदर स्किम सार्वजनिक गरेका छन् । अटो शोमा प्रभु बैंक, एनआइसी एशिया बैंक, सिभिल बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक लगायतले स्टल राखेका छन् । अब हेरौँ कुन बैंकले कति प्रतिशत व्याजदरमा अटो लोन दिँदैछन् ?

प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडले व्यक्तिगत सवारी साधनका लागि १२.२६ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारी साधनमा भने १४.२६ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । प्रभु बैंकले उपलब्ध गराउने कर्जाको अवधि व्यक्तिगतको हकमा अधिकतम सात बर्ष तोकेको छ भने व्यवसायिक सवारी साधनको हकमा अधिकतम् पाँच बर्षको अवधि राखेको छ । बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार ६५ प्रतिशत फाइनान्स गरिदिने व्यवस्था गरेको छ । व्यवसायिकको हकमा भने ७० प्रतिशतसम्म फाइनान्स हुने बैंकले जनाएको छ । जसअनुसार ३५ प्रतिशत पैसा तिरेर बार्षिक १२.२६ प्रतिशत व्याजदरमा कुनै पनि व्यक्तिले सवारी किन्न सक्नेछ । 

एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक लिमिटेडले व्यक्तिगत सवारी साधनका लागि ११.१५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारी साधनमा भने १२.६५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । एनआइसी एसिया बैंकले उपलब्ध गराउने कर्जाको अवधि व्यक्तिगतको हकमा अधिकतम् ७ बर्ष र व्यवसायिक सवारी साधनको हकमा अधिकतम् ५ बर्ष रहेको छ । बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार ६५ प्रतिशत फाइनान्स गरिदिने व्यवस्था गरेको छ । जस अनुसार ३५ प्रतिशत पैसा तिरेर बार्षिक ११.१५ प्रतिशत व्याजदरमा कुनै पनि मान्छेले सवारी किन्न सक्नेछन् । यस बैंकले कर्जा लिँदा कुनै पनि सेवा शुल्क नलिने भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेडले व्यक्तिगत सवारी साधनका लागि ११.५७ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारीसाधनमा भने १२.५७ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले उपलब्ध गराउने कर्जाको अवधि व्यक्तिगतको हकमा अधिकतम् ८ बर्ष र व्यवसायिक सवारी साधनको हकमा अधिकतम् ५ बर्ष रहेको छ । बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार ६५ प्रतिशत फाइनान्स गरिदिने व्यवस्था गरेको छ । यस बैंकमा पनि राष्ट्र बैंकको नियम अनुसार ३५ प्रतिशत रकम भने पहिले नै तिर्नुपर्ने छ । 

सिभिल बैंक लिमिटेड
सिभिल बैंक लिमिटेडले व्यक्तिगत सवारी साधनका लागि ११.५९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारी साधनमा भने १३ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । सिभिल बैंकले उपलब्ध गराउने कर्जाको अवधि व्यक्तिगतको हकमा अधिकतम् ७ बर्ष र व्यवसायिक सवारी साधनको हकमा अधिकतम् ५ बर्षको अवधि राखेको छ । बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार ६५ प्रतिशत फाइनान्स गरिदिने व्यवस्था गरेको छ । ३५ प्रतिशत रकम भने पहिले नै तिर्नुपर्ने छ । 

सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले व्यक्तिगत सवारीसाधनका लागि १२ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारी साधनमा भने १२.५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । सानिमा बैंकले उपलब्ध गराउने कर्जाको अवधि व्यक्तिगतको हकमा अधिकतम् ७ बर्ष रहको छ । बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार ६५ प्रतिशत फाइनान्स गरिदिने व्यवस्था गरेको छ । ३५ प्रतिशत रकम भने पहिले नै तिर्नुपर्ने छ । यस बैंकले सेवा शुल्क वापत १ प्रतिशत लिने जनाएको छ । 

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडले व्यक्तिगत सवारी साधनका लागि १०.५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारी साधनमा भने १२.५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । माछापुच्छ्रे बैंकले उपलब्ध गराउने कर्जाको अवधि व्यक्तिगतको हकमा अधिकतम् ८ बर्ष र व्यवसायिक सवारी साधनको हकमा अधिकतम् ५ बर्ष राखेको छ । बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार ६५ प्रतिशत फाइनान्स गरिदिने व्यवस्था गरेको छ । 

लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडले व्यक्तिगत सवारी साधनका लागि १०.८२ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारी साधनमा भने कर्जा उपलब्ध नगराउने जनाएको छ । लक्ष्मी बैंकले उपलब्ध गराउने कर्जाको अवधि अधिकतम् ९ बर्ष रहेको छ । यो अवधि स्टल राखेका बैंकहरुमध्ये सबैभन्दा बढी अवधि हो । यस बैंकले पनि नेपाल राष्ट्र बैंकको नीति अनुसार ६५ प्रतिशत फाइनान्स गरिदिने व्यवस्था गरेको छ । 

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले व्यक्तिगत सवारी साधनका लागि १०.४४ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारी साधनमा भने ११.४४ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । हिमालयन बैंकले उपलब्ध गराउने कर्जाको अवधि व्यक्तिगतको हकमा अधिकतम् ८ बर्ष र व्यवसायिक सवारी साधनको हकमा अधिकतम् ५ बर्ष राखेको छ । बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार ६५ प्रतिशत फाइनान्स गरिदिने व्यवस्था गरेको छ । सेवा शुल्क वापत ०.५ प्रतिशत लिने बैंकले जनाएको छ । 

स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले व्यक्तिगत सवारी साधनका लागि ९.४७ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारी साधनमा भने फाइनान्स नगर्ने जनाएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले उपलब्ध गराउने कर्जाको अवधि अधिकतम् ६ बर्ष रहेको छ । सेवा शुल्क १ प्रतिशत लिने बैंकले जनाएको छ । 

ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंक लिमिटेडले व्यक्तिगत सवारी साधनका लागि ११.४ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक सवारी साधनमा भने १२.४ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । ग्लोबल आईएमई बैंकले उपलब्ध गराउने कर्जाको अवधि व्यक्तिगतको हकमा अधिकतम् ७ बर्ष र व्यवसायिक सवारी साधनको हकमा अधिकतम् ५ बर्ष रहेको छ । बैंकले नेपाल राष्ट्र बैंकको नीति अनुसार ६५ प्रतिशत फाइनान्स गरिदिने व्यवस्था गरेको छ । सेवा शुल्क ०.७५ प्रतिशत लिने बैंकले जनाएको छ ।