कुल कारोबार रकममध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको ७ करोड २३ लाख ५ हजार ९ सय ६१ रुपैँयाको शेयर कारोबार भएको छ भने नेपाल बंगलादेश बैँकको ६ करोड ७३ लाख ९० हजार ४ रुपैँयाको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्स र ग्लोबल आईएमई बैँकको ५ करोडमाथिको कारोबार भएको छ भने ४ करोडमाथिको कारोबार भएका कम्पनिहरुमा एनएमबी बैँक र स्टान्डर्ड चार्टर्ड बैँक रहेका छन् । त्यस्तै, हिमालयन बैँक, नेपाल इन्भेष्टमेन्ट बैँकको प्रोमोटर शेयर, एभरेष्ट बैँक, सानिमा बैँक लगायतको ३ करोडमाथिको कारोबार भएको छ ।
धेरै कमाउने कम्पनिहरुको अग्रस्थानमा कसमस डेभलपमेन्ट बैँक रहेको छ जसका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैँक, मञ्जुश्री फाइनान्स र नेपाल कम्युनिटी डेभलपमेन्ट बैँकको शेयर मूल्य क्रमशः ९.८९, ९.८४ र ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै, सांग्रीला डेभलपमेन्ट बैँक, सेवा विकास बैँक, कन्काई विकास बैँक, सहयोगी विकास बैँक, सिन्धु विकास बैँक, राप्तीभेरी विकास बैँक लगायतले पनि धेरै कमाएका छन् ।
गुमाउने कम्पनिहरुको अग्रस्थानमा मिसन डेभलपमेन्ट बैँक रहेको छ जसका लगानीकर्ताले ९.१५ प्रतिशतका दरले गुमाएका छन् । जानकी फाइनान्स, लुम्बिनी फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, ग्लोबल आईएमई बैँक, एसीई डेभलपमेन्ट बैँक, मुक्तिनाथ विकास बैँक, युनाइटेड फाइनान्स, भर्गव विकास बैँक, प्रोफेशनल दियोलो विकास बैँक लगायतले पनि गुमाएका छन् ।
वाणिज्य बैँक, विमा र अन्य समूहले मंगलबारको बजार ओरालेका छ । यी समूहहरु क्रमशः १५.५३, १५.३९ र ५.८७ अंकले घटेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूहको शेयर ३४.८७ अंकले बढेको छ भने होटल, फाइनान्स, विकास बैँक र जलविद्युत् समूह क्रमशः २६.४२, ३.०७, २.१४ र ०.८५ अंकले उकालो लागेका छन् ।