Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न अर्थको अग्रसरता

२०७४ भाद्र ११ गते

बाढीपहिरोका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्य पूरा नहुने संकेत देखिएपछि अर्थ मन्त्रालयले अग्रसरता देखाएको छ । सरकारले चालू आवमा ७।२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । यस्तै, ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । आर्थिक वर्षको सुरुवातसँगै मनसुनी वर्षा, भूक्षय, तराइमा आएको बाढी र डुबानले ठूलो क्षती पु¥याउँदा वृद्धिदर खुम्चनसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो अवस्था देखिएपछि अर्थ मन्त्रालयले आयोजना प्रमुखहरूलाई बोलाएर छलफल थालेको हो । अर्थले बजेटले लिएको लक्ष्य हासिल गर्न मन्त्रालयको यसअघिको निर्देशनअनुसार नै पहिलो चौमासिकभित्र ठेक्कासम्बन्धी काम सम्पन्न गर्न सबै आयोजना प्रमुख तथा विभागीय प्रमुखहरूलाई पुनः निर्देशन दिएको छ । २०७३र०७४ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले लिएको लक्ष्य हासिल गर्न सबै अग्रसर हुनुपर्ने बताए ।

विभागीय प्रमुख र आयोजना प्रमुखहरूलाई निर्देशन दिँदै उनले भने, “समीक्षाको लागि मात्रै समीक्षा गर्ने होइन, जनताले प्रत्यक्ष राहत र अनभूति महसुस गर्नेगरी काम गरेर देखाउनुस् ।” उनले अर्थ मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि निर्देशन दिए । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बाढीपहिरो तथा डुवानले मानवीय, पशुपंक्षी, पूर्वाधार तथा उर्वर भूमिमा ठूलो क्षति पु¥याउँदा अर्थतन्त्र उत्पादन क्षमतामै प्रतिकूल प्रभाव पार्ने जोखिम देखिएको बताएको थियो । राष्ट्र बैंकले हालैको बाढी र डुबानले १ खर्ब रुपैयाँ बढीको नोक्सानी भएको बताएको छ ।

सो अवसरमा अर्थसचिव डा। शान्तराज सुवेदीले समयमै काम गर्न नसके लक्ष्यअनुसारको प्रगति हासिल गर्न कठीन हुने भन्दै प्रगति हासिल गर्न हरेक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिए । उनले खरिद र ठेक्कापट्टा  लगाउने कार्य पहिलो चौमासिकभित्रै सम्पन्न गर्न पनि निर्देशन दिए । यसअघि नै अर्थले २०७४र०७५ को बजेट कार्यान्वयनका लागि सबै आयोजनाहरूको ठेक्कापट्टासम्बन्धी काम असोजसम्म सम्पन्न गर्न मन्त्रालयले निर्देशन दिएका थिए । अर्थले कात्तिक मसान्तसम्म कुल विनियोजित बजेटको झण्डै ३० प्रतिशत अर्थात १२ खर्ब ७९ करोड रुपैयाँ बजेटमध्ये २९।४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च गर्न निर्देशन दिएको छ । यस्तै, मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७।८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ खर्च गर्नुपर्ने व्यवस्था छ । कारोबार दैनिकमा प्रकाशित समाचार