साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा ८५ करोडभन्दा माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २० वटा कम्पनिको १० लाख ६१ हजार ८ सय ३५ कित्ता शेयर ३ हजार ६ सय ४१ पटक खरिदविक्रि हुँदा कुल ८५ करोड ९३ लाख ६ हजार ७९ रुपैँयाको कारोबार भएको हो । नेप्से परिसूचक १२.६८ अंकले बढेर १४५४.३५ अंकको नयाँ विन्दुमा पुगेर आइतबारको कारोबार बन्द भएको छ ।
सबैभन्दा धेरै नेपाल बंगलादेश बैँकको ७ करोड ८० लाख ६३ हजार ७ सय ५५ रुपैँया बराबरको शेयर कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैँकको ६ करोड ८५ लाख ७८ हजार ९ सय ७४ रुपैँयाको शेयर कारोबार भएको छ । संस्थापक र साधारण शेयर गरी नेपाल इन्भेष्टमेन्ट बैँकको ६ करोड माथिको कारोबार भएको छ भने नविल बैँकको ५ करोड १९ लाखभन्दा माथिको शेयर कारोबार भएको छ । ३ करोडमाथिको कारोबार गर्ने कम्पनिहरुमा सानिमा बैँक, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रो, हिमालयन बैँक, एभरेष्ट बैँक लगायत छन् ।
धेरै कमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैँकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मञ्जुश्री फाइनान्स र तिनउ डेभलपमेन्ट बैँकको शेयर मूल्य क्रमशः ९.८८ र ९.७५ प्रतिशतका दरले बढेको छ । गुडविल फाइनान्स, युनिक फाइनान्स, कन्ट्री डेभलपमेन्ट बैँक, नेपाल बंगलादेश बैँक लगायतका लगानीकर्ताले पनि कमाएका छन् । गुमाउनेको अग्रस्थानमा ललितपूर फाइनान्स रहेको छ जसको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैँकको शेयर मूल्य पनि झण्डै १० (९.८६) प्रतिशतले घटेको छ । लुम्बिनी फाइनान्स, जानकी फाइनान्स, प्रोफेशनल दियालो विकास बैँक लगायतले पनि गुमाएका छन् ।
जलविद्युत् र फाइनान्सबाहेक सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह ६९.८ अंकले बढेको छ । विमा, वाणिज्य बैँक, अन्य, होटल र विकास बैँक समूह क्रमशः १९.०८, १७.६६, ५.८७, ४.४९ र ४.०२ अंकले बढेको छ । जलविद्युत् र फाइनान्स समूह भने क्रमशः ४.१८ र ३.६६ अंकले बढेका छन् ।